बिहीबार, वैशाख १३, २०८१

सुनसरीमा स्थानीय र सशस्त्र प्रहरीबीच झडप, चार घाइते 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इटहरी- सुनसरीको भारतको सीमासँग जोडिएको घुस्की क्षेत्रमा सशस्त्र प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ। एक गर्भवतीलाई निर्घात कुटेको भन्दै प्रहरी नायब निरीक्षक दिलबहादुर तामाङ र हवल्दार कृष्ण साहमाथि स्थानीय बासिन्दाले केरकार गरेपछि सशस्त्रले गोली चलाएको प्रहरीले जनाएको छ।

यसै क्रममा सशस्त्र प्रहरीले दर्जनौं हवाई फायर गरेको स्थानीय बासिन्दाले बताएका छन्। सशस्त्र प्रहरीले फायर गरेको गोली लागेर स्थानीय कैजुम जटको हातमा लागेको छ। जटसहित अन्य तीन स्थानीय बासिन्दा पनि घाइते भएका छन्।

स्थानीय तनवीर अन्सारीले बताएअनुसार हरिनगरा गाउँपालिका- ७ बस्ने गियास जटको ३० वर्षीया गर्भवती छोरी मेहनाज खातुनलाई सशस्त्र प्रहरी बल घुस्कीका सदस्यले कुटपिट गरेका थिए। सशस्त्र प्रहरी बल घुस्कीका इन्चार्ज सर्इ दिलबहादुर तामाङको नेतृत्वमा खटिएको टोलीले मरणासन्न हुने गरी कुटेको अन्सारीको भनाइ छ।


 
खातुनको टाउको, पेट र छातीमा गम्भीर चोट लागेकाले बेहोश अवस्थामा  अस्पताल लगिएको अन्सारीले बताए। अहिले सशस्त्रको टोली जनपथ प्रहरीको प्रहरी चौकी घुस्कीमा आएर बसेको र सयौँ घुस्कीबासीले प्रहरी चौकीलाई घेरा गरिबसेका छन्। सशस्त्र प्रहरीका हवल्दार कृष्ण साहले आफूहरूले माथिको निर्देशनमा सीमामा जाँच बढाएका कारण हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले जनतालाई सशस्त्र प्रहरीविरुद्ध उक्साएको आरोप लगाएका छन्।
 
यस्तो थियो विवादको कारण

सुनसरीको घुस्की भारतीय सीमामा जोडिएको क्षेत्र हो। जहाँबाट स्थानीय बासिन्दा भारतीय बजारमा गएर दैनिक उपभोग्य वस्तु खरिद गर्छन्। सोही क्रममा सशस्त्र प्रहरीले भारतबाट ल्याइने दैनिकी उपभोग्य वस्तुमा  कडाइ गरेको थियो।  

भारतबाट तोकिएको भन्दा धेरै सामान नल्याउन सशस्त्र प्रहरीले कडाइ गरेको थियो। यसै कारण सीमापार सामान ल्याएर किनबेच गर्ने नेपाली साना व्यवसायी प्रहरीसँग रुस्ट थिए। गत आइतबार घुस्की हाल हरिनगर ६ का बासिन्लेदा हाटबाट खरिद गरी लगेका गोरु, गाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा सशस्त्रका सई तामाङ र हवल्दार साहलाई कुटपिट गरेका थिए।  



तीन दिनपछि सशस्त्रले पनि गर्भवतीलार्इ निर्घात कुटपिट गरेका कारण मुठभेठसम्मको स्थिति बन्न पुग्यो।

सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेतीले भन्सार नतिरी ल्याएका खसी-बोका समात्दा लफडा भएको बताएका छन्। भन्सार नतिरी चार व्यापारीले खसी-बोका ल्याउँदा भएको विवादले उग्र रूप लिएको उनले बताए।

प्रजिअ उप्रेतीले नेपाल समयसँग भने, ‘पारिबाट केही व्यापारीले भन्सार नतिरी खसिबोका ल्याएछन्। प्रहरीले रोक्दा तानातान भएपछि स्थानीय बासिन्दाले घेरेको फिल्डबाट रिपोर्ट पाएको छु।’ 

प्रहरीले ४ राउन्ड हवार्इ फायर गरेको प्रजिअ उप्रेतीले बताए । स्थानीय बासिन्दा र सशस्त्र प्रहरीबीच वार्ता भइरहेकोले चाँडै सहज निष्कर्ष निस्किने उनको भनाइ छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।