शनिबार, वैशाख ८, २०८१

नेप्से परिसूचक ४.९२ अंक घट्दा इण्डेक्समा पनि गिरावट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाल स्टक एक्स्चेन्ज (नेप्से) घटेको छ। बुधबार नेप्से परिसूचक ४.९२ अंक घटेर एक हजार १९४.३५ विन्दुमा पुगेको छ। नेप्से बजारमा  आएका ८ ओटा समूहरुको परिसूचक घट्दा नेप्से बजारमा गिरावट आएको हो। 

सेयर बजारमा आएका १६८ कम्पीहरुको ३ हजार १५८ शेयर ६  लाख २९ हजार ७१७ पटक खरिद बिक्री भएको छ। उक्त खरिदबिक्रीबाट १६ करोड ६१ लाख ६७ हजार ४३० रुपैयाँ बराबरको  कारोबार भएको छ।

त्यस्तै ‘क’ बर्गको कम्पनी मापन गर्ने सेन्सेटीभ इण्डेक्स पनि ०.९७ प्रतिशत घटेर २५१.७१ विन्दुमा पुगेको छ।

नेप्से विश्लेषक धनकुमार राईले अहिले नेप्से खरिद र बिक्रीकर्ताहरुबीच भएको पर्ख र हेरको कारणले बजार बढ्न नसकेको बताए। ‘धैर्य गर्न नसक्ने लगानीकर्ताले धैर्य गर्नेहरुलाई शेयर बिक्री गर्ने भएकोले बजार भनेजसरी अघि बढ्न नसकेको हो,’ उनले भने ‘यदि नेप्सेले १२ सय विन्दु टेके बजार बढ्छ।’ 

उनले शेयर कारोबार र इण्डेक्स दुवै घटेकोले आत्तिहाल्नु पर्ने अवस्था नरहेको जानकारी दिए। साथै अहिले विभिन्न कम्पीहरुले वोनस बाड्न आटेको काराण पनि आगामी बजार उकालो लाग्ने उनको तर्क छ।

मंलबार भने नेप्से परिसूचक ४.७७ अंक बढेको थियो भने कारोबार समेत २९ करोड ४१ लाख ८२ हजार ३४८ रुपैयाँ भएको थियो। बुधबार हाइड्रो पावर र उत्पादनमुलक समूहबाहेक सबै समूहको परिसूचक रातो भएको छ।
  
जसमा सबैभन्दा बढी नन लाईफ इन्स्योरेन्सको परिसूचक ८०.२२ अंकले घटेको छ। त्यसपछि लाईफ इन्सोरेन्सको २८.०७ र होटेल समूहको परिसूचक २०.८५ अंक घटेको छ।
 
सबैभन्दा कम अन्य समूहको परिसूचक ०.०७ अंक घटेको छ। हाइड्रो पावर र उत्पादनमुलक समूहको परिसूचक क्रमशः ३.८८ र २.९३ अंक घटेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्