बुधबार, वैशाख १२, २०८१

रोग एउटा उपचार अर्कै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
ललितपुर- बालीमा समस्या देखिएपछि प्राविधिकलाई नदेखाई विषादी छर्दा किसानले एकथरी समस्या हुँदा अर्कोथरी उपचार गर्दै आएका छन्। 

अधिकांश किसानमा प्राविधिक कसैलाई पनि विरुवा नदेखाई सिधै एग्रोभेटबाट विषादी किन्ने बानी रहेको बाली रोग विज्ञान महाशाखामा कार्यरत वैज्ञानिक चेतना मानन्धर बताउछन्।

एग्रोभेटले समस्या सुनेकै भरमा किसानलाई विषादी सिफारिश गर्दै आएका छन्। उनले भने, 'पेट दुख्दा टाउको दुखेको औषधि खाए जस्तै बिरुवाले सही उपचार पाएका छैनन्।' एग्रोभेटबाट गलत विषादी हाल्दा बालीमा रोगको प्रकोप अझै बढ्न सक्ने उनले बताए। उनी भन्छन्, 'के रोग हो भन्ने वास्तविकता नै नबुझ्दा त्यसले समाधान निकाल्न सक्दैन।' रोग, किरा वा ढुसी के हो भन्ने समेत नजानी किसानले बालीमा विषादीको प्रयोग गर्ने गरेका छन्। 

किसानमा जस्तोसुकै रोग वा समस्या देखिनासाथ हतारिएर विषादी प्रयोग गर्ने बानी छ । कतिपय रोग वा किराको समाधान विषादी प्रयोग नगरी जैविक तरिकाले गर्न सकिन्छ । उनी भन्छन्, 'प्राविधिकको सल्लाहमा जैविक उपचार नहुँदा मात्रै बालीमा सही विषादीको ठीक परिमाणमा प्रयोग गर्न सकिन्छ ।' 

प्रयोगशालामा प्रयोग गरेर बालीमा भएको रोग वा किरा पत्ता लगाउन सकिन्छ। किसान बाली नष्ट भइसकेपछि मात्रै प्रयोगशाला पुग्ने गरेका छन्। एग्रोभेटले विषादी प्रयोग गर्दासमेत समस्या समाधान नभएपछि मात्रै प्रयोगशाला पठाउने गरेको उनले बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।