शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • आर्इसीटी अवार्डका लागि उत्कृष्ट पाँच कम्पनी सार्वजनिक

आर्इसीटी अवार्डका लागि उत्कृष्ट पाँच कम्पनी सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-आर्इसीटी अवार्ड २०१८ का लागि पाँच कम्पनीको नाम सार्वजनिक भएको छ । तेस्रो संस्करणको यो अवार्डका लागि प्रडक्ट र स्टार्टअप विधामा उत्कृट पाँचको छनोट भएको हो । 

स्टार्टअप कम्पनी अवार्डमा सेलएप इनोभेसन, एकघन्टी सर्भिसेस, नेपाली पैसा मिडिया प्रालि, पिपल डेभलपमेन्ट ल्याब प्रालि र सारथी प्रालि उत्कृष्ट पाँच कम्पनीको सूचीमा पर्न सफल भएका छन् । यसैगरी आइसोलुसन लाइफ, सारथी, स्मार्टपालिका, थर्डविल नेपाल र उद्यमी नेपाल उत्कृष्ट पाँच प्रडक्टमा पर्न सफल भएको अवार्डको निर्णय मण्डलका संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए । 

असार १ देखि १९ गतेसम्म खुला गरिएको अनलाइन नोमिनेसनमा विभिन्न सात विधामा एक सयभन्दा बढीको आवेदन आएको थियो । स्टार्टअप कम्पनी अवार्डमा २७ र प्रडक्ट अवार्डमा २५ को नोमिनेसन  दर्ता भएको र विभिन्न तीन चरणको छनोटबाट उत्कृष्ट पाँच सार्वजनिक गरिएको अवार्ड संयोजक तुषार न्यौपानेले जानकारी दिए । 

तेस्रो चरणको छनोटका रूपमा साउन पाँचगते प्रतिस्पर्धीहरुको प्रिजेन्टेसन तथा स्पिड डेटिङ सम्पन्न भएको थियो । उक्त प्रिजेन्टेसन तथा स्पिड डेटिङबाट १० जनाको जुरी समूहले तेस्रो चरणको छनोटमा १२ बाट उत्कृष्ट पाँच छनोट गरिएको हो । 

उत्कृष्ट पाँचमा पर्नसफल कम्पनी तथा प्रडक्टहरुका लागि बुधवारदेखि १० दिनका लागि अनलाइन तथा एसएमएस भोटिङ सञ्चालन हुनेछ । १० दिनसम्मको भोटिङ र जुरीको मूल्यांकनका आधारमा सर्वोत्कृष्टलाई विशेष अवार्ड प्रदान गरिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले जानकारी दिए । भदौ १ गते होटल र्‍याडिसनमा हुने विशेष कार्यक्रममा विभिन्न सात विधाका सर्वोत्कृष्टलाइ अवार्ड प्रदान गरिनेछ । 

उत्कृष्ट हुने स्टार्टअप तथा प्रडक्टलाई अवार्डसँगै थप लगानीको अवसर जुटाउन सहकार्य गरिने जुरी सदस्य तथा सुस्मित इन्भेस्टमेन्टका सिइयो सुशील पोखरेलले जानकारी दिए । यो अववार्ड कार्यक्रम प्रविधिको क्षेत्रमा काम गरिरहेका स्टार्टअप तथा उद्यमीहरुका लागि राम्रो प्लेटफर्म रहेको पोखरेलले बताए । अवार्डका सल्लाहकार तथा पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रको बृहत्तर विकास र प्रवद्र्धनका लागि महत्वपूर्ण रहेको बताए । 

भोटिङ कसरी गर्ने  

उत्कृष्ट पाँचमा परेका स्टार्टअप कम्पनी तथा प्रडक्टहरुका लागि जोकोहीले अनलाइन तथा एसएमएसमार्फत भोट गर्न सक्नेछन् । अनलाइनबाट भोटिङ गर्नका लागि वेबसाइट आईसिटीवार्डमा गएर मन परेको कम्पनी वा प्रडक्टलाई भोट गर्न सकिनेछ । यसैगरी एसएमएस भोटिङका लागि मोवाइलमा ICT टाइप गरी कम्पनी तथा प्रडक्टको कोड राखेर ३३००१ मा एसएमएस पठाएर भोट गर्न सकिनेछ । भोटिङ साउन १८ अर्थात ३ अगस्टसम्म खुला रहनेछ । भोटिङको विस्तृत जानकारी वेबसाइट तथा फेसबुक पेजमा उपलब्ध छ ।  

अन्य पाँच विधाको छनोट प्रक्रिया जारी 

आइसिटी अवार्ड २०१८ को संस्करणमा जम्मा ७ विधामा अवार्ड हुनेछ । स्टार्टअप र प्रडक्ट अवार्डबाहेक अन्य विधामा सर्वोत्कृष्ट छनोटको काम भइरहेको आयोजकले जनाएको छ । पायोनियर, डायस्पोरा, आन्टरप्रेनर्स, डिजिटल गर्भनेन्स र मिडिया अवार्डमा जुरी समुहले प्राप्त नोमिनेशनहरुको बारेमा अध्ययनको काम भइरहेको जुरी समुहले जानकारी दिएको छ ।

अवार्डको अन्य पाँच विधामा ६० भन्दा बढीको नोमिनेसन प्राप्त भएको छ । यसैगरी यी अवार्डहरुमा जुरी तथा सल्लाहकारले थप नोमिनेसन दिन पाउनेछन् । सबै विधाका सर्वोत्कृष्टलाई भदौ १ गते र्‍याडिसन होटमा हुने भव्य कार्यक्रमबीच सम्मान गरिने आयोजकले जानकारी दिएको छ । उक्त कार्यक्रम राष्ट्रिय टेलिभिजन, विभिन्न एप तथा अनलाइनहरुमा प्रत्यक्ष प्रसारण पनि हुने आयोजकले जानकारी दिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्