बिहीबार, वैशाख १३, २०८१

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक साउन २८ गते

नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक साउन २८ गते बस्ने भएको छ।
 |  शुक्रबार, साउन २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०७८

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक साउन २८ गते बस्ने भएको छ। पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमिति बैठक २८ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिएका हुन्।

triton college

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।

कांग्रेसले आगामी भदौमा गर्ने भनिएको १४औँ महाधिवेशन अन्योलमा परेका बेला केन्द्रीय कार्यसमिति बैठक बोलाइएको हो।

यसअघि पटकपटक पदाधिकारी बैठक बस्दै आएको छ।

प्रकाशित: Aug 06, 2021| 18:12 शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...