बिहीबार, वैशाख १३, २०८१

डिभाइडरमा कार ठोक्कियो : एकको मृत्यु तीन घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भक्तपुर- भक्तपुरमा मंगलबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

अरनिको राजमार्गअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो चोकमा काठमाडौँबाट तीव्र गतिमा भक्तपुरतर्फ जाँदै बा ३ च ८३१७ नम्बरको निजी कार सडक डिभाइडरमा ठोक्किँदा कार चालक सिन्धुली घर भई हाल सूर्यविनायक बस्ने ४७ वर्षीय रमेशराज राउतको मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका राउतको उपचारका क्रममा गठ्ठाघरस्थित नागरिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका कारमा सवार रमेशराजका छोरा १८ वर्षीय रवीन राउतको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । 

सोही समयमा एकै दिशाबाट आइरहेको बा ४६ प १५५२ नम्बरको मोटरसाइकलले दुर्घटनाग्रस्त कारलाई ठक्कर दिँदा मोटरसाइकल चालक रामेछाप खाँडादेवीका ३१ वर्षीय विष्णुबहादुर श्रेष्ठ र मोटरसाइकलको पछाडि बस्ने रामेछाप घर भएका ३३ वर्षीय राजन श्रेष्ठसमेत घाइते भएका छन् । घाइते दुवैको नागरिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । 

कार चालक रमेशले मादकपदार्थ सेवन गरी सवारी चलाउँदा कार अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किएको र कार ठोक्किएर फर्किदा मोटरसाइकलसमेत कारमा ठोक्किन पुगी दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।