बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • विस्तार हुँदै मन्‍त्रिपरिषद् : को-को थपिएलान् नयाँमन्त्री ?

विस्तार हुँदै मन्‍त्रिपरिषद् : को-को थपिएलान् नयाँमन्त्री ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इटहरी- मुख्यमन्त्री शेरधन राई नेतृत्वको प्रदेश-१ मन्त्रिपरिषद् विस्तारको चर्चासँगै थपिने नयाँ मन्त्रीका बारेमा पनि चर्चा शुरु भएको छ । अहिले पाँच सदस्यीय मन्त्रिपरिषद्लाई नौ वा ११ पुर्‍याउनेगरी नेपाल कम्युनिस्ट पार्टीका नेताहरूबीच मोटामोटी सहमति भएको छ । 

हाल प्रदेशमा  मुख्यमन्त्री राईसहित आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियेत, सामाजिक विकास मन्त्री जीवन घिमिरे र आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो (मौसम) गरेर पाँच जना छन् । 

महिला मन्त्री समेट्नैपर्ने दबाब, चर्चामा पाँच नाम

प्रदेश १ को मन्त्रिपरिषदमा महिलाहरू नपरेको गुनासो ३ फागुन ०७४ मा मन्त्रिपरिषद् गठन भएसँगै आएको हो । अब क्याबिनेट विस्तारमा महिला समेट्न प्रदेशमा दुई तिहाइभन्दा बढी सिट भएको सत्तारुढ नेकपालार्इ दबाब परेको छ । महिला क्याबिनेटमा अटाउन हाल नेकपा वृत्तमा चार जनाको नाममा चर्चामा छ । सबैभन्दा धरै चर्चा प्रत्यक्ष निर्वाचित दुई महिला सांसदहरू क्रमशः उदयपुरकी कला घले र इलामकी खिनु लङ्वा लिम्बुको छ । 

यस्तै, सुनसरीकी उमिता विश्वकर्मा र धनकुटाकी कुसुमकुमारी श्रेष्ठको पनि चर्चा छ । संविधानसभामा सभासद् भइसकेकी र कानूनको औपचारिक अध्ययनसमेत गरेकी खोटाङकी सांसद उषाकला राईको पनि महिलाबाट मन्त्री हुने कुरामा नाम चर्चामा छ । 

प्रदेश मन्त्री बन्ने लाइनमा ९ को चर्चा

मन्त्रीको लाइनमा रहेका पुरुष सांसदहरू भने धेरै छन् । जसमा ओखरढुंगाका सांसद अम्बरबाबु गुरुङ, खोटाङका रामकुमार राई, इलामका रामबहादुर राना मगर र नरेन्द्र शर्मा, धनकुटाका इन्द्रमणि पराजुली, सुनसरीका सर्वध्वज साँवा चर्चामा छन् । तराईका जनजातिहरू समेट्न पनि नेकपामा दबाब परेको छ । जसको लागि मोरङका ज्ञानेन्द्र राजवंशी, झापाका पूर्णप्रसाद राजवंशीमा र मोरङका विजयकुमार विश्वासमा एक पर्ने नेकपाका एक प्रभावशाली प्रदेश नेताले बताए । 

प्रदेश क्याबिनेटमा नायँ अनुहार छान्दा साविक एमाले र माओवादीको शक्ति सन्तुलन र त्यसभित्रको गुटको भागबन्डाका आधारमा समावेशी नाम तय हुने नेकपाका प्रदेश सांसदहरूले अनौपचारिक रूपमा बोल्दै आएका छन् । नेकपाका एक प्रभावशाली प्रदेश सांसद्ले भने, ‘महिला, पूर्वी तराईका आदिवासीसहितका अनुहार समेटेर समावेशी प्रदेश क्याबिनेट बन्छ ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।