बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • छापामा आज : जथाभावी बोल्दा मन्त्रीको पद गुम्योदेखि बाँझो राख्ने जग्गा अर्कैलाई सम्म

छापामा आज : जथाभावी बोल्दा मन्त्रीको पद गुम्योदेखि बाँझो राख्ने जग्गा अर्कैलाई सम्म

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart

काठमाडौं–बुधबार राजधानीबाट प्रकाशित दैनिक पत्रिकाले कानून न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले भावुक हुँदै दिएको राजीनामा, जथाभावी बोल्दा मन्त्रीले पद गुमाउनुपरेको अवस्था, अनशनरत डाक्टर गोविन्द केसी र सरकारबीचको वार्ता सकारात्मक, मेडिकल कलेजमा नेता–नाता, बाँझो राख्ने जमिन अर्कैलाई लगायतका समाचारलाई प्राथमिकताका साथ छापेका छन् । 

नयाँ पत्रिका : डाक्टर गोविन्द केसीसँगको वार्ता समझदारीउन्मुख रहेको खबरलाई प्राथमिकतामा राखेको छ । वार्ताका क्रममा अध्यादेश जस्ताको तस्तै विधेयक बन्नुपर्छ भन्ने अडानमा केसी लचिलो भएको तथा संसदमा दर्ता भएको विधेयक संशोधन गर्न सरकार पनि तयार रहेको छ । त्यस्तै वामदेवलाई डोल्पाबाट चुनाव लडाउने तयारी थालिएको, विराटनगरस्थित भारतीय फिल्ड अफिस १६ साउनदेखि बन्द हुने, दुई अध्यक्षको निर्देशनपछि कानुनमन्त्रीले राजीनामा दिएको, नीतिगत त्रुटिले यातायात सिन्डिकेटलाई बैधानिकता भएको खबरलाई नयाँ पत्रिकाले प्राथमिकताका साथ छापेको छ । 

कान्तिपुर दैनिक : जथाभावी बोल्दा मन्त्री पद गुमेको, मेडिकल कलेजमा नेता र नाताको जालो रहेको, डाक्टर केसीसँगको वार्ता सकारात्मक बनेको तथा बाँझो राखे जमिन अर्कैले पाउने खबरलाई कान्तिपुरले प्राथमिकतामा राखेको छ । 

अन्नपूर्ण पोस्ट दैनिक : अन्नपूर्ण पोस्ट दैनिकले पनि केसीसँगको वार्ता सकारात्मक बनेको, कानुनमन्त्रीको राजीनामा, भूकम्पबाट १३ वस्तीका एक सय ३७ घर जोखिममा रहेको स्थलगत रिर्पोटसहितको समाचार, जन्मसिद्ध सन्ततीलाई वंशज नागरिकता दिन प्रदेश सरकारले निर्देशन दिएको तथा लाओसमा बाँध भत्कँदा हजारौंको विचल्ली भएको फोटोलाई प्राथमिकताका साथ छापेको छ । 

नागरिक दैनिक : नागरिकले २५ औं दिनमा बल्ल वार्ता भएको, ओली सरकारले सात करोड बाँडेको, रेडियो टेलिभिजन इजाजत रोक गरिएकोलगायतका खबरलाई प्राथमिकताका साथ छापेको छ । 

कारोबार दैनिक : मन्त्रिपरिषदबाटै ढुकुटी दोहन भएको, सर्भे लाइसेन्समा वनको अड्को, अक्सिजनको मूल्यवृद्धि फिर्ता, धानको समर्थन मूल्यमा सहमति, प्रदेश ३ मा १२ अर्ब सवारी राजस्व कर्णालीको भने ९ करोडमात्र रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।