बुधबार, वैशाख १२, २०८१

होसियार! बालबालिकाको खेलौनामा यस्तो हानिकारक रसायन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- भन्सार विभाग प्रमुख मनोज निधि वाग्लेले सिमानामा अस्वस्थ्यकर सामग्रीहरु प्रेवशमा रोक लगाउन प्रभावकारी रुपमा लागेको बताएका छन्।

सोमबार जनस्वास्थ्य तथा वातावरण प्रबर्द्धन केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै भने, ‘बालबालिकाको खेलौनाहरुमा उच्च स्तरमा हानिकारक रसायन पाइएकोले राष्ट्रिय मापदण्डको प्रभावकारी कार्यान्वयनको आवश्कता छ।' 

सेफेडका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र शाहले कार्यक्रममा बालबालिकालाई इंगित गरेर आयात गरिने खेलौनाहरुको गुणस्तर र मापदण्ड परिक्षण गरेर मात्रै आयात गर्ने गरेको बताए।  

वातावरणीय प्रभाव र असरसँगै बालबालिको स्वास्थ्यमा पार्ने प्रभावका बारेमा पनि सरकारकोतर्फबाट भन्सार विभागले निरन्तर सचेतनामूलक कामहरु गर्दै आएको उनको भनाइ छ।

उनले भने, ‘व्यापार घाटा र व्यापारीहरुको हितलाई मध्येनजर गरेर गुणस्तरहीन र अस्वस्थ्यकर साम्रगीलाई रोक्ने गरेका छौं। त्यसबाहेक पनि दुईवटा विकल्प दिएका छौं ।’

उनका अनुसार पहिलो विकल्पमा त्यस्ता हानिकारक खेलौनाला जहाँबाट ल्याएको त्यही फिर्ता गर्ने र दोस्रो विकल्पको रुपमा नष्ट गर्ने गरिएको छ। नष्ट गर्दा समेत वातावरण प्रदुषित हुने भएकाले बढी फिर्ता पठाउनलाई जोड दिएको उनको भनाइ छ।

कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालले आयात गरिने खेलौनाहरुको परीक्षणमा सरकार कडाइका साथ लाग्नु पर्ने बताए। ‘हाम्रो देशमा खेलौनाहरुको उद्योगहरु नगन्य रुपमा छन्, जतिपनि खेलौनाहरुको व्यापार भैरहेको छ, बाहिरबाट आयात गरेरै भएको छ,’ उनले भने, ‘यसलाई सरकार, व्यापारी तथा उपभोक्ताहरुले ध्यानमा राख्नुपर्दछ।’ तीन पक्षले नै यसलाई गम्भिर रुपमा लिएर सन्ताहरुलाई खुसी दिनुपर्ने उनले धारणा व्यक्त गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्