शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आमाको विशेष आग्रहपछि डा केसीको रगत परीक्षण, रिपोर्ट हेरेर चिकित्सक चिन्तित

आमाको विशेष आग्रहपछि डा केसीको रगत परीक्षण, रिपोर्ट हेरेर चिकित्सक चिन्तित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- २४ दिनदेखि आमरण अनशनमा रहेका डा गोविन्द केसी ८० वर्षीय आमा मित्रकुमारी केसीको विशेष आग्रहपछि रगत परीक्षणका लागि तयार भएका छन्। 

जुम्लाबाट काठमाडौ आएसँगै आज (सोमबार) पहिलोपटक डा केसी रगत परीक्षणका लागि तयार भएका हुन्। 

आइतबार साँझ छोरालार्इ भेट्न आएकी मित्रकुमारीले स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि परीक्षणका लागि आग्रह गरेकी हुन्। 

रगत परीक्षणको रिपोर्ट आएसँगै चिकित्सकहरू निकै चिन्तित बनेका छन्। रगतका सम्पुर्ण 'प्यारामिटर'हरू असामान्य छन्। सेतो रक्तकोशिकाको संख्या अहिलेसम्मकै न्यून देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। यति कम सेतो रक्तकोशिका भएका उनलार्इ यदि कुनै संक्रमण भइहाले, त्यसले भयावह रूप लिने चिकित्सकहरूले बताएका छन्।

उनलार्इ भेट्न आउने मानिसहरूलार्इ १० मिटर परै राख्ने गरिएको छ र डा केसी अनशन बस्ने कोठामा प्रवेशका लागि अनिवार्य मास्क र 'ह्यान्ड स्यानिटाइजर'को प्रयोग गर्ने व्यवस्था मिलाइएको छ। यसले केही हदसम्म संक्रमण रोक्ने भए पनि अब भने थप सावधानी नअपनाए डा केसीलार्इ गम्भीर खाले संक्रमण हुनेमा दुर्इ मत छैन।

२४ दिन लामो सत्याग्रहका कारण शक्तिहिन बनेका डा केसी दोहोरो संवाद पनि गर्न नसक्ने अवस्थामा पुगेका छन्। भेट्न आउने शुभचिन्तकहरूलाइ आँखाको इशाराले सम्बोधन गर्छन् भने मेडिकल टिमलार्इ हातको माध्यमले आफूलार्इ यहाँ-यहाँ गाह्रो भएको भनेर बताउने गरेका छन्। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।