काठमाडौं- प्रधानसेनापति राजेन्द्र क्षत्रीले बाँकेको राँझामा ५० शय्याको अस्पताल उद्घाटन गरेका छन्।
नेपाली सेनाले बनाएको अस्पतालमा बहालवाला, अवकास र आश्रित परिवारले सुलभ उपचार पाउने छन्।
१४ रोपनी अाठ आनामा बनेको उत्त अस्पतालमा जनरल मेडिकल, डेन्टल, प्याथोलोजीको साथै रेडियोलोजी सेवा सञ्चालन हुनेछन्।
अस्पतालले सर्जरी अर्थोपेडिक तथा गाइनोकोलोजीसमेत विस्तार गर्ने सैनिक मुख्यालयले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४