काठमाडौं- पूर्वराष्ट्रपति डा रामवरण यादवले अनशनरत डा गोविन्द केसीसँग भेट गरेका छन् ।
पूर्वराष्ट्रपति यादव अनशनस्थल त्रिवि शिक्षण अस्पताल पुगेर केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
डा. केसीले बल पूर्वक काठमाडौं ल्याएको र माग सम्बोधन नगरेको भन्दै स्वास्थ्य जाँच समेत गराउन मानेका छैनन्।
चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. केसी १६ असारदेखि जुम्लामा अनशन बसेका थिए। सरकारले ३ साउनमा केसीलाई जुम्लाबाट काठमाडौँ ल्याएको हो ।
१५ औं पटक अनशन बसेका डा केसी र सरकारबीच वार्ताको वातावरण समेत बन्न सकेको छैन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४