काठमाडौं- बाराको कलैया उपमहानगरपालिकास्थित रिलायन्स चिनी उधोगले संकलन गरेको भुसमा आगलागी भएको छ।
चिनी उधोग नजिकै थुपारिएको भुसमा आगलागी भएको हो । मिलमा आगो फैलन सक्ने भएकाले उच्च सतर्कता अपनाईएको जिल्ला प्रहरी कार्यालय बाराका नायब प्रहरी उपरीक्षक रन्जीत सिह राठोरले जनाएका छन।
आगो नियन्त्रणमा तीन दमकल, नेपाली सेना, नेपाल प्रहरी , सशस्त्र प्रहरी तथा स्थानीय बासीन्दा खटिएका छन। आगो नियन्त्रणमा आइकेकोले थप क्षति नहुने राठोरले नेपाल समयलाई बताएका छन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४