शनिबार, वैशाख ८, २०८१

दुई लेनको महेन्द्रराजमार्ग चार लेन बनाउन शुरु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सरकारले महेन्द्र राजमार्गलाई तीन वर्षभित्र चार लेन बनाउने कामको शुरुवात गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तीन वर्षभित्र महेन्द्र राजमार्गलाई चार लेनको बनाउने भन्दै त्यसको शुरुवात भइसकेको बताए।

उनले भने, ‘आगामी तीन वर्षभित्र महेन्द्र राजमार्गलाई २ लेनबाट बढाएर ४ लेन बनाउँछौं ।’उनका अनुसार पूर्व-पश्चिम महेन्द्र राजमार्गलाई दुई लेनबाट बढाएर चार लेनको बनाउन लागिएको हो। उनले थपे, ‘यसको टेण्डर अह्वान गरिसकेका छौं। पन्ध्र दिनभित्र सबै फाइनल हुन्छ ।’ 

उनको अनुसार बुटवलदेखि काँकडभिट्टासम्म पहिलो फेजमा निर्माण गरिनेछ। एक वर्षपछि बुटवलदेखि कञ्चनपुरसम्म दस्रो फेज र्मिाण गरिनेछ।  कमलादेखि लौकीसम्मको डीपीआर तयार भइसकेको अवस्थामा छ। लौकीदेखि काँकडभिट्टा डीपीआर तयार भइरहेको छ । भरतपुरदेखि-हेटौडा-पथलैयासम्म डीपीआर तयार भइरहेको उनले कार्यक्रममा जानकारी दिए। 

त्यस्तै आगामी चार वर्षभित्र १२ सय किलोमिटर मदन भण्डारी राजमार्ग, तीन वर्षभित्र मध्य पहाडी लोकमार्ग र बढीमा ४ वर्षभित्र तराईको लाईफलाईन मानिने हुलाकी राजमार्गको निर्माण सम्पन्न हुने मन्त्री महासेठको दावी छ।
 
‘अब आउने चुनावमा तराईका जनताले हुलाकी राजमार्ग हुँदै भोट माँग्न पाउनुहुन्छ, अहिले हामीले यसको लागि ६० प्रतिशत पुल बनाइसकेका छौं, ३० प्रतिशत बन्न बाँकी छ, १० प्रतिशत डीआर प्रक्रियामा छ।

फरक प्रसँगमा उनले अनशनरत डाक्टर गोविन्द केसीको माँगलाई राजनीतिक विषय बनाउन नहुने धारणा राखे। उनले भने, ‘डाक्टर केसी अहिले अनशनमा हुनुहुन्छ, उहाँले आफ्ना मागलाई राजनीति माग बनाउनु भएन, तपाई विशुद्ध जुन पेशामा हुनुहुन्छ, हो त्यसमै लिमिट हुनुहोस्।’

डाक्टर केसीको मागलाई राजनीतिक दलले उछाल्ने काम गर्न नहुने भन्दै उनले पूर्व प्रधान न्यायाधीश सुशिला कार्कीको हिजोको अभिव्यक्तिलाई लिएर पनि गुनासो पोखे। 

उनले थपे ,‘उहाँको हिजोको अभिव्यक्तिले उहाँकै व्यक्तित्व भोलि गएर अलोकप्रिय बन्छ।’अहिलेसम्म डाक्टर केसी १५ औं पटकसम्म अनशन बसेको र उनका मागहरु सरकारले पूरा गरेको पनि उनले दावी गरे। विगतमा पनि २३÷२४ दिनसम्म उनले अनसन बसेको रेकर्ड रहेको भन्दै अहिले भरखर त्यति मात्रै पुगेको भन्दै त्यो त्यस्त्रो ठूलो समस्या नभएको उनको आसय थियो।
 
यदि मुलुकमा राजनीतिक अस्थिरता मच्चाउने गरि सडकमा आएर सरकार चुप लागेर नबस्ने उनले चेतावनी दिए। ‘आमरण अनशन बस्ने अधिकार सबैलाई छ। संविधानप्रदत्त अधिकारको हामी पूर्ण सम्मान् गर्छौं। हामी कुनै बाधा र अवरोध खडा गर्दैनौं,’ उनले फेरी थपे ‘तर अनशनको नाममा तोडफोड गरेर राजनीतिक अस्थिरता निम्त्याउँन खोजे सरकार चुप लागेर बस्दैन।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्