शुक्रबार, वैशाख ७, २०८१

'चिकित्सा शिक्षा विधेयक चाँडै संसदमा पेश हुन्छ'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- सरकारले ल्याउन लागेको चिकित्सा शिक्षा विधेयकको विरोधमा डा.गोविन्द केसी १५ औँ पटक अनशनमा छन् । विधेयकको विरोधमा अनशन बस्न जुम्ला पुगेका केसीलाई प्रहरीले जर्बजस्ती काठमाडौं ल्याएर अस्पताल भर्ना गराएका छन् । 

यता केसीको समर्थनमा तरुण दल देश भर सडक तताउँदै छ । केसीको समर्थनमा चौतर्फी समर्थन जुटेको बेला सरकारका एकजना प्रभावशाली मन्त्रीले विधेयक छिट्टै संसदमा पेश हुने दाबी गरेका छन् । 

गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक छिट्टै संसदमा पेश गर्ने सरकारको तयारी रहेको बताएका छन् । कार्यक्रममा सहभागी हुन सर्लाही पुगेका गृहमन्त्री बादलले जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै लोकतान्त्रिक विधि अनुसार डा.केसीको माग सम्बोधन हुने उल्लेख गरे ।

'डा.केसीको मागप्रति सरकार गंभीर छ,' गृहमन्त्री बादलले भने, 'लोकतान्त्रिक विधि अनुसार उहाँको माग पुरा हुन्छ, चिन्ता गर्नु पर्दैन् ।' देश विकास र समृद्धितर्फ अगाडी बढि रहेको बेला केहि राजनीतिक दलले अस्थिरता पैदा गर्न खोजेको उनको आरोप थियो ।

प्रदेश सरकारले छलफलका लागि प्रदेशसभामा पेश गर्न लागेको प्रदेश प्रहरी ऐनप्रति गृहमन्त्री थापाले आपत्ति जनाए । प्रदेश प्रहरी ऐन बनाएर लागु गराउन खोज्नु संघीय प्रहरी ऐन विपरित रहेको मन्त्री थापाको भनाइ थियो ।

'प्रदेश सरकारले संघीय सरकार विरुद्ध काम गरेको छ,' बादलले भने,'संघीय प्रहरी ऐन पारित हुन सकेको छैन् । संघीय प्रहरी ऐन पारित नै नभई प्रदेशले प्रहरी ऐन ल्याउनु वा संसदमा दर्ता गर्नु संघीय प्रहरी ऐन विरुद्ध हो ।'

गृहमन्त्री बादलले मुलुकमा अमन चयन र शान्ति सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै भ्रष्टाचार नियन्त्रण गर्न शून्य सहनशीलता अपनाइने दाबी गरे । वर्षौदेखि रोकिएका विकास निर्माणका काम सञ्चालन गर्नुका साथै यातायातमा रहेको सिन्डिगेट अंत्यगर्न सरकार प्रतिवद्ध रहेको दाबी गरे । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।