काठमाडौं– धादिङको थाक्रेमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
घटनामा नौ वर्षीय रञ्जित तामाङको मृत्यु भएको हो। ना६क ५१७७ नम्बरको ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको हो । चालकलाई कारवाही माग गर्दै स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध गरेका छन् ।
यस्तै, बुटवल–तानसेन सडकको हेडबक्सनजिकै भएको अर्को दुर्घटनामा बाबु–छोराको मृत्यु भएको छ । सिद्धबाबानजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा उक्त घटना भएको हो ।
पाल्पाको तानसेन–७ टिन्टीआपका ४० वर्षीय माधव कुमाल र उनका १९ वर्षे छोरा उमेशको मृत्यु भएको हो । ना३प १००८ नम्बरको ट्रकले उनीहरू सवार लु२१प ९६८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुवै बाबु–छोरा सडकबाट करिब नौ सय मिटर तल तिनाउ नदी किनारमा खसेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४