मंगलबार, वैशाख ११, २०८१

चलचित्र ‘शुभलभ’को उद्घोष

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं–बुद्ध इन्टरटेनमेन्टको व्यानरमा बन्न लागेको चलचित्र शुभलभको आधिकारिक उद्घोष गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमबिच उद्घोष गरिएको थियो । 

प्रदीपकुमार उदयको प्रस्तुति रहने शुभलभमा सानैदेखि ज्योतिष विद्यामा आफूलाई चिनाइसकेका हरिहर अधिकारी नायकमा डेब्यु गर्दैछन् । त्यसैगरी २०१७ की मिस टिन कृष्टिनको पनि यो डेब्यु फिल्म हो ।  

सन्तोषबाबु लोहनीको निर्देशन रहने शुभलभको कथा हरिहरले नै लेखेका हुन भने, अभिमन्यु निरबीले पठकथा लेखेका हुन् । साथै मुख्य सहायक निर्देशनमा रामशरण कोइरालाको रहने निर्माण पक्षले बताएको छ ।

ओउँदो भदौदेखि छायांकनमा जाने शुभलभ राजधानी, पोखरा, अन्नपूर्ण बेसक्याम्प इलाम लगायत ठाउहरूमा छायाङकनमा जाने निर्माण टोलीले बताएको छ । साथै गीतको लागि दुबई र थाइल्याण्डमा खिचिने बताइएको छ । 

रामजी लामिछानेको कोरियोग्राफ, रोशन भट्टराईका द्धन्द्ध र रामेश्वर कार्कीको छायांकन रहने फिल्म शुभलभमा संगीत अर्जुन पोखरेलले दिएका छन् । 
धर्मराज शर्मा सुवेदीको निर्माण रहेको फिल्मा राजाराम पौडेल, सरोज खनाल, रबीन्द्र झा, प्रदीप बाँस्तोला लगायतको अभिनय रहने छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्