बिहीबार, वैशाख ६, २०८१

प्रदेश २ : सहिद परिवारका लागि छुट्टाइएको रकम तलब भत्तामा खर्च

संघीयताका लागि भएको मधेश आन्दोलन र संविधान संशोधनका लागि भएको विद्रोहमा मधेशमा कयौं नागरिकले ज्यान गुमाए।
 |  शुक्रबार, साउन २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०७८

जनकपुरधाम- संघीयताका लागि भएको मधेश आन्दोलन र संविधान संशोधनका लागि भएको विद्रोहमा मधेशमा कयौं नागरिकले ज्यान गुमाए।

triton college

संविधान संशोधनको मागसहित गरिएको आन्दोलनमा नेता राजेन्द्र महतोले मधेश आन्दोलन सफल भएर मधेशमा आफूहरुको सरकार बने प्रत्येक सहिद परिवारलाई ५० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रदेशका जनताले पनि प्रदेश २ मा सरकारको नेतृत्व गर्ने जिम्मा मधेशवादी दललाई नै दिए । प्रदेशमा मधेशवादी दलको सरकार बनेलगत्तै प्रदेश सरकारले मधेश आन्दोलनमा शहादत प्राप्त गरेका प्रत्येक परिवारबाट योग्यताअनुसारको जागिर दिने घोषणा गरेको थियो। साथै सरकारले मधेशी सहिद प्रतिष्ठान खोल्ने घोषणासमेत गर्‍यो। सहिदहरुकै नाउँमा प्रत्येक वर्ष विभिन्न मन्त्रालयमार्फत् विभिन्न योजनाहरुसमेत सञ्चालन भइरहेका छन्।

तर सहिदहरुको नाममा सञ्चालित अधिकांश योजनाहरुको रकम रकमान्तर गरेर अन्यत्र खर्च गरिएको पाइएको छ। सहिद परिवारका लागि तय गरिएका योजनाहरु सञ्चालन नै नगरेर योजनाका लागि छुट्याएको रकम तलब भत्तामा खर्च गरिएको पाइएको छ।

प्रदेश २ को समाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७७÷०७८मा मधेस आन्दोलनको क्रममा सहिद भएका, अंगभंग तथा घाइते भएका व्यक्तिका परिवारका सदस्यहरुका लागि स्वरोजगार कार्यक्रम योजनाको नाममा २५ लाख रुपैयाँ विनियोजन गरेको थियो।

corrent noodles
Metro Mart

त्यस्तै मधेस सहिद प्रतिष्ठानका लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको थियो। तर विनियोजित रकम योजना पुस्तिकामा मात्रै सिमित रह्यो। सो शीर्षकमा छुट्याइएको रकम रकमान्तर गरिएको छ।

मन्त्रालयका शाखा अधिकृत रामहृदय यादवका अनुसार मन्त्रालय मातहतका कार्यालयहरुले माग गरेको अपुग अनिवार्य दायित्वका शीर्षकहरुमा पारिश्रमिक, विद्युत महसुल, स्वास्थ्य सुरक्षा सामग्री खरिद आदिमा खर्च गरिएको जानकारी दिए। उनले सो शीर्षकका सबै रकम रकमान्तर गरी तलब भत्तामा खर्च गरिएको बताए। सहिद प्रतिष्ठकानका लागि सामाजिक विकास मन्त्रालयले छुट्याए पनि सो प्रतिष्ठान आन्तरिक मामिला मन्त्रालयको मातहतमा गठन गरिएको छ। सो प्रतिष्ठानको संयोजकसमेत आन्तरिक मामिला मन्त्रीलाई नै बनाइएको छ। प्रतिष्ठान बनाइए पनि यसको काम भने खासै अगाडि बढ्न सकेको छैन। 

मधेसी सहिद परिवार हकहित संर्घष समितिका संयोजक वीरेन्द्र रायले सरकारले पटकपटक सहिद परिवारका लागि योजनाको नाममा रकम राख्ने तर त्यसलाई कार्यान्वयन गर्न आलटाल गर्दै आइरहेको आरोप लगाए। रायले भने ‘प्रतिष्ठानमा दुई जना सहिद परिवारबाट राख्ने प्रवाधान छ, तर सहिद परिवारमध्ये कसैलाई सामेल गरिएको छैन।’ प्रतिष्ठानको नाममा प्रदेश सरकारले हामीलाई ठग्ने धन्दा शुरु गरेको छ।

सहिद परिवारप्रति प्रदेश सरकारको रबैया यस्तै रह्यो भने फेरि आफूहरु बाध्य भएर आन्दोलनमा उत्रिने रायले चेतावनी दिए। 

प्रकाशित: Aug 06, 2021| 15:27 शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।