शनिबार, वैशाख ८, २०८१

चौतर्फी प्रहारपछि ओली प्रतिरक्षा रणनीतिमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सरकारमाथि चौतर्फी आक्रमण भएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओली प्रतिरक्षा रणनीति बनाउने तयारीमा लागेका छन्। उनले यसको शुरुवात नेकपा निकट चिकित्सकहरूबाट शुरु गरेका छन्। 

यही रणनीति बनाउन उनले आइतबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी निकट चिकित्सकसँग छलफल गरे। डा गोविन्द केसीको अनशनलाई लिएर सरकारमाथि आक्रमण भएको विषयमा उनले छलफल गरेका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले उक्त भेटको पुष्टी गरे। 

केही दिनअघि बसेको पार्टी स्थायी समितिको बैठकमा अध्यक्ष ओलीले  सरकारमाथि चौतर्फी आक्रमण हुँदा पनि पार्टीका नेताहरूले बचाउ नगरेको बताउँदै असन्तुष्टि पोखेका थिए। अर्का अध्यक्ष प्रचण्डले पनि सरकारको आलोचना जनस्तरबाट भएको भए पनि  बचाउ गर्न निर्देशन दिएका थिए।

यसअघि बसेको स्थायी समितिको बैठकले पनि सरकारको पक्षमा प्रतिरक्षा गर्ने निर्णय गर्दै सबै मातहतका कमिटीहरुलाई निर्देशन दिएको थियो। प्रधानमन्त्री ओलीले पनि मन्त्रीहरुलाई बोलाएर जथाभावी नबोल्न निर्देशन दिएका थिए। 

स्थायी समितिको बैठकमा अध्यक्ष प्रचण्डले मन्त्रीहरुको कार्यशैली ठीक नभएको भन्र्दै प्रतिरक्षा गर्न ठाँंउ राखेर मात्र काम गर्न र बोल्न निर्देशन दिएका थिए।  

केसी प्रकरणमा सरकार नझुक्ने मनस्थितिमा छ। केसीलाई बचाएर सडक संघर्ष र संसदको गतिरोधमा प्रतिपक्ष गलाउने   रणनीतिमा छ। संसदमा दर्ता भएको चिकित्सा शिक्षा बिधेयक पनि फिर्ता लिने मनस्थितिमा सरकार देखिएको छैन। 

सरकार आवश्यक पर्दा कडा सुरक्षा रणनीति तयार गरेको छ। यसका लागि बिशेष संयन्त्र समेत बनाएको बुझिएको छ। 


प्रचण्डले बाहिर सरकारको प्रतिरक्षा गर्न तर आन्तरिक रुपमा भने छलफल गराउन आफुले पहल गर्ने आश्वासन् दिएका थिए। उनले  स्थायी समिति सदस्य, सांसद मन्त्रीबीच आफुले छलफल गराउने भनेका थिए। 

प्रचण्डले आज सम्म त्यस बिषयमा छलफल गराएका छैनन्।  डा गोविन्द केसीको अनसन प्रकारण लगायत सरकारका पछिल्ला कार्यशैलीप्रति सरकारको आलोचना हुँदै आएको छ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।