बिहीबार, वैशाख १३, २०८१

करेन्ट लागेका नारायणको पनि निधन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी–डोटीको आदर्श गाउँपालिका–१ मा असार १९ गते करेन्ट लागेर घाईते भएका भए नारायण खड्काको पनि निधन भएको छ । 

उक्त घट्नामा बाच्न सफल भएक मात्र नारायणको शनिबार उपचारका क्रममा माठमाडौंमा निधन भएको हो । अप्रेशनका क्रममा दुबै हात गुमाउनुका साथै खुट्टा, ढाडको अप्रेशन भएर स्वास्थ्यमा सुधार आइरहेको बेला एक्कासी स्वासप्रस्वासमा समस्या आएर उनको निधन भएको भतिजा दिपकबहादुर खडकाले जानकारी दिए । 

दिपायलको शैलेश्वरी अस्पताल, सेती अञ्चल अस्पताल, भेरी अञ्चल अस्पताल हुँदै काठमाडौंस्थित कान्तिपुर अस्पतालमा पुर्‍याइएका नारायणको उपचारकै क्रममा ज्यान गएको दिपकले बताए । नारायणको उपचारका लागि स्वदेश विदेशबाट करिव पाँच लाख रुपैयाँ सहयोग रकमसमेत संकलन भइसकेको थियो । दुई बर्ष अगाडि मलेसिया पुगेका खडका घर पुगेको केहि दिनमा उक्त घट्नामा परेका थिए ।
 
बुबाको यस अघि नै निधन भइसकेकाले आमा, बहिनी, श्रीमती र एउटा छोराको लालनपालनको जिम्मेवारी उनकै काधमा थियो । स्थानीय जयन्द्र खड्काले नयाँ स्थापना गरेको कुटानी पिसानी मिलमा बिद्युत लग्नका लागि एक ठाउँमा रहेको विद्युतको पोल निकाल्ने क्रममा करेन्ट लागेर जयन्द्रसहित २३ बर्षीय लोकेन्द्र खडका, २३ बर्षकै बिरेन्द्र खड्का तथा २४ बर्षका दिप खड्काको ज्यान गएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।