शुक्रबार, वैशाख ७, २०८१

कामै नगरी सकियो जानकी मन्दिरलाई सुन्दर बनाउने पैसा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने निश्चित भएपछि प्रदेश सरकारदेखि जनकपुर उपमहानगरपालिकाले सरसफाई तथा सौन्दर्यीकरण जस्ता कार्यलाई प्राथमिकतामा राखेको थियो । विदेशी पाहुनाको स्वागत र सम्मानमा कुनै कसर बाँकी राख्नु हुन्न भन्दै दुबै निकायले आ–आफ्नो कार्यक्रम र योजनाहरु छुट्टाछुट्टै कार्यक्रम बनाए ।

अतिथीको सामुन्ने जनकपुरबारे सकारात्मक छाप छोड्न अरु केहि नभएपनि सरसफाई र सौन्दर्यीकरण कार्यगर्न उनीहरुले भग्मग्दुर प्रयास नगरेका पनि होइनन् । वर्षौदेखि जीर्ण रहेको मोदीको गाडी गुड्ने बाटो २४ घण्टा भित्रै तयार पारियो । एसियाली विकास बैंकको ऋण अनुदानमा सञ्चालित एकीकृत शहरी विकास आयोजना अन्तर्गत परेको जानकी मन्दिर–रामानन्द चोक उक्त सडक खण्ड अहिले भत्काएर पुनः निर्माण हुँदैछ ।

मोदीलाई अभिनन्दन गर्न प्रदेश सरकारले सात करोड बढी र उपमहानगरपालिकाले करिब दुई करोड रकम खर्च गरेको बताइन्छ । यद्यपी प्रदेश सरकारले अझै खर्चको यथार्थ विवरण भने सार्वजनिक गरेको छैन् ।

तर, उपमहानगरपालिकाले मोदी जनकपुर आउँदा जानकी मन्दिर र राम मन्दिर सौन्दर्यीकरण गर्न ४६ लाख भन्दा बढी रकम खर्च भएको जनाएको छ । उपमहानगरपालिकाले नगर परिषदमा सार्वजनिक गरेको आयव्ययको विवरणमा जानकी मन्दिर र राम मन्दिर सौन्दर्यीकरण गर्न ४६ लाख ६१ हजार ८८६ रुपैया खर्च भएको जनाइएको छ । उक्त शीर्षकमा उपमहानगरपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

तर, जानकी मन्दिरलाई सौन्दर्यीकरण गर्ने कुनै काम नभएको मन्दिरले जनाएको छ । जानकी मन्दिरका छाटे महन्त रामरोशन दासले मन्दिर सौन्दर्यीकरण जस्ता कुनै कार्य भएको आफूलाई जानकारी नरहेको बताए । वर्षाको कारण जानकी मन्दिरको पूर्वतर्फ रहेको भत्केको पर्खाल निर्माण बाहेक अन्य कुनै काम भएको आफ्नो जानकारीमा नरहेको उनको भनाई छ ।

भारतीय प्रधानमन्त्री मोदी जनकपुर आउँदा उपमहानगरपालिकाले सौन्दर्यीकरण कार्यको संयोजक उपप्रमुख रीता झालाई बनाएको थियो । उपप्रमुख झाले पनि रकम खर्च भएको बारे आफूलाई कुनै जानकारी नरहेको बताएकी छिन् ।

‘कुन शीर्षकमा कति रकम खर्च भयो, संयोजक रहेपनि मलाई थाह भएन,’ नेपाल समयसँगको कुराकानीमा झाले भनिन्,‘सडक छेउको पर्खाल रंङ्गरोगन, मिथिला पेन्टिङ्ग लगायतको कार्यमा पैसा खर्च भएको छ । तर, यथार्थ खर्च बुझ्नै पर्नेछ । कुन कामको लागि कति खर्च भयो योजना शाखालाई थाह हुन्छ, त्यहाँबाट बुझ्दै छु ।’

मोदी भ्रमणको क्रममा उपमहानगरपालिकाले जानकी मन्दिरस्थित विवाह मण्डपको पर्खाल तथा अभिनन्दनस्थल रंगभूमि मैदानको दक्षिणतर्फको पर्खालमा रंङ्गरोगन र मिथिला पेन्टिङ्ग गर्न लगाएको थियो । मिथिला पेन्टिङ्ग गर्न काठमाण्डौबाट बोलाइएका कलाकारहरुलाई करिब २० लाख दिइएको बताइएको छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।