मंगलबार, वैशाख ११, २०८१

काठमाडौंमा ड्रग्स, ललितपुरमा आत्महत्याको दर बढी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुरले शुक्रबार आर्थिक वर्ष ०७४-७५को अपराधको तथ्यांक सार्वजनिक गरेका छन्। 

तथ्यांकअनुसार काठमाडौंमा लागूऔषध सेवन र ओसारपसारका घटना बढी देखिएका छन्। ललितपुरमा भने आत्महत्याको दर व्हात्तै बढेको देखिएको छ। 

ललितपुर प्रहरीले सार्वजनिक गरेको विवरणमा गत आवमा ९३ जनाले आत्महत्या गरेका छन्। जसमा १६ देखि २६ वर्ष उमेर समूहको संख्या बढी छ। काठमाडौं प्रहरीका अनुसार लागूऔषध ओसारपसार र प्रयोगकर्ता विगतको तुलनामा तीन गुणाले वृद्धि भएको पाइएको छ।

दुवै जिल्लामा सार्वजनिक अपराधको मुद्दा दर्ता पनि बढेको पाइएको छ। अपहरण तथा शरीर बन्धक, संगठित अपराध र विष्फोटका घटना भने दुवै जिल्लामा केही कम देखिएको छ । गत आवमा साइबर क्राइममा पनि बढोत्तरी पाइएको छ। 

गुण्डागर्दी तथा अवैध हतियार नियन्त्रण आफूहरूको मुख्य प्राथमिकता रहेको काठमाडौं र ललितपुरका एसएसपीद्वय विश्वराज पोखरेल र गणेशबहादुर ऐरले बताए। मानव बेचविखन तथा ओसापसारमा विगतको तुलनामा कमी आए पनि घरेलु हिंसाका घटना भने बढेको उनीहरूको भनाइ छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।