शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सरकारको रवैयाले अपराधको रेखा छुन आँट्यो:  विवेकशील साझा

सरकारको रवैयाले अपराधको रेखा छुन आँट्यो:  विवेकशील साझा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनामा अनसनरत डा.गोविन्द केसीको मागलाई सम्बोधन नगरी बल प्रयोग गरेर अनशन स्थलबाट काठमाडौं ल्याएको घटनाप्रति विवेकशील साझ पार्टीले भर्त्सना गरेको छ। 

समाजवादको प्रमूख खम्बा स्वास्थ्य सेवालाई राज्यको दायित्वको रूपमा नलिएर १५ पटक अनशन बसिसकेका डा केसीप्रति समाजवादी भन्ने सरकारले देखाएको रवैयाले अपराधको रेखा छुन आँटेको आरोप विवेकशील साझाले विज्ञप्तीमार्फत जनाएको छ। 

‘सरकारले डा. केसीप्रति देखाएको दम्भ र अमानवीय बल प्रयोग निन्दनीय छ’, विवेकशील साझाका प्रवक्ता सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘डा केसीको जीवन तलमाथि भए मूलरूपमा सत्ताधारी दल र विगतमा उनका मागहरू सम्बोधन गर्न नसक्ने प्रमूख प्रतिपक्षी दल दोषबाट मुक्त हुने छैनन्।’

केसीको अनसनले विकसित गरेको घटनाक्रमको जिम्मेवारी सत्ताधारी दल र प्रमूख प्रतिपक्षी नेपाल काँग्रेसले लिनु पर्छ भन्दै पार्टीले उदारीकरणका नाममा कसिलो नियमन विना नै शिक्षा र स्वास्थ्यजस्ता अत्यन्तै गम्भीर र संवेदनशील विषयलाई निजीकरण गरेर नाफाखोर व्यापारीहरूको हातमा पुर्‍याउने कार्यप्रति खेद प्रकट गरेको छ।

डा. केसीका १५ मध्ये ७ वटा अनशन काँग्रेस नेतृत्वकै सरकारको पालामा भएको र सबैभन्दा लामो २३ दिनको अनशन काँग्रेसकै शेरवहादुर देउवाको प्रधानमन्त्रीत्व कालमा भएको जनाएको छ।

वक्तव्यमा नेपाल कम्युनिस्ट पार्टी सरकारमा रहेकोले हाललाई सो घटनाको मूख्य दायित्व उसैले लिनु पर्ने जनाइएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।