बिहीबार, वैशाख १३, २०८१

युवतीको हत्याको आशंकामा थप एक युवक पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- गत असार २६ गते देखि हराएकी कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ८ कि कविता बिष्टको हत्याको आशंकामा थप एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। 

हत्यामा संलग्न रहेको आशंकामा कृष्णपुर नगरपालिका वडा नं. २ बाणी बस्ने भरत बोहरालाई कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं. ७ लालपुरबाट पक्राउ गरिएको हो। यसअघि कृष्णपुर नगरपालिका २ बाणी बस्ने वर्ष २१ का मदन गिरीलाई आइतबार राति प्रहरीले नियन्त्रणमा लिएको थियो। घटनामा संलग्न भएको हुनसक्ने शंकास्पद एकजना अझै फरार छन्। 

उनको खोजिकार्य भइरहेको र पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी ज्ञान बहादुर सेटीले जानकारी दिए। 

कञ्चनपुरको कृष्णपुरमा रहेको अम्खैया खोला नजिकै जङलमा आइतबार राति एक युवतीको कंगाल भेटिएको थियो। उक्त कंगाल कृष्णपुर नगरपालिका वडा नम्बर ८ शान्तिपुरकी कविता बिष्टको भएको प्रहरीले पुष्टि गरिसकेको छ। 

करिब ६ दिन अघी देखी बेपत्ता रहेकी कविताको खोजिकार्य गर्दै जाँदा आइतबार राति १ बजे जंगलमा उनको कंगाल भेटिएको थियो। घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका मदन गिरीले नै उक्त कङ्गाल भएको ठाउँ देखाएको कविताका आफन्तले बताएका छन्। 

कविता कैलालीको गेटामा रहेको सरस्वती मावीमा अध्ययनरत विद्यार्थी हुन्। उनी अत्तरिया सामान किन्न गएको बेला कृष्णपुर बाणीका स्थानीय मदन गिरीले जबर्जस्ती मोटरसाइकलमा लगेको परिवारको आरोप रहेको छ। 

कविताको बलत्कारपछि हत्या गरिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ। के कारणले हत्या गरिएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।