शनिबार, वैशाख ८, २०८१

एमाले एकताको मुख्य बाधक ओली : नेता खतिवडा

नेकपा एमालेको माधवकुमार नेपाल पक्षीय पोलिट्ब्यूरो सदस्य जगन्‍नाथ खतिवडाले पार्टी एकताको बाधक ओली पक्ष भएको दाबी गरेका छन्।
 |  शुक्रबार, साउन २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०७८

काठमाडौं- नेकपा एमालेको माधवकुमार नेपाल पक्षीय पोलिट्ब्यूरो सदस्य जगन्‍नाथ खतिवडाले पार्टी एकताको बाधक ओली पक्ष भएको दाबी गरेका  छन्।

triton college

नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा बोल्दै नेता खतिवडाले भने, 'एकतामा बाधक ओली र उहाँको समूह नै देखिएको छ। हामी आत्मसम्मानसहितको एकता चाहन्छौं।'

आजको छलफलले अब के गर्ने भन्ने विषयमा आफूहरूले टुंगो लगाउने उनले बताए। 'सहमति र असहमतिको प्रक्रियाबाट नै निर्णय हुने हो। अहिले हाम्रो एउटा रणनीति भनेको आन्तरिक एकता हो। सरकारमा जाने कुरो हाम्रो प्राथमिकता होइन', उनले भने।

ओलीले एकता नचाहे मात्रै आफूहरूले विकल्प खोज्ने उनले बताए। सबै कार्यकर्ताको सम्मान, विचार र विधिबाट नै पार्टी चल्नुपर्छ भन्ने आफूहरूको मान्यता रहेको उनको भनाइ छ।

प्रकाशित: Aug 06, 2021| 12:36 शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...