काठमाडौं- इंग्लयान्डका पुर्व कप्तान तथा मिडफिल्डर वेन रोनी डीसी युनाइटेड नजानसक्ने बताएका छन्।
यदी उनको श्रीमती र छोराछोरी उनी सँगै जान नसके उनी पनि डीसी युनाइटेड नजाने घोषणा गरेका हुन। उनले डीसी युनाइटेडमा साढे तीन बर्षका लागि सम्झौता गरेका थिए।
लामो समय म्यानचेस्टर युनाइटेडमा बिताएका उनी २०१७-१८ को प्रिमियर लिगका लागि एभर्टन आएका थिए। तर, यसै बर्ष डीसी युनाइटेड आएका उनले क्लबबाट एक खेलमात्र खेल्दै यस्तो वक्तव्य दिएका हुन । पछिल्लो सिजन एभर्टनबाट प्रिमियर लिग खेलेका उनले ३१ खेलमा १० गोल गरेका थिए।
प्रिमियर लिगका ४ सय ९१ भन्द बढि खेल खेलेका रोनीले २ सय ८ गोल गरेको छन्। उनले प्रिमियर लिगका मात्र १६ सिजन खेले।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४