शनिबार, वैशाख ८, २०८१

'द क्वीन अफ झाँसी’को टिजर १५ अगस्टमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- अपकमिङ् बलिउड चलचित्र मणिकर्णिकाः द क्वीन अफ झाँसीको १५ अगस्ट, २०१८ मा रिलिज गरिने भएको छ। यस फिल्ममा कंगना रणवात लक्ष्मीबाईको भूमिका गर्दैछिन् । यो फिल्ममा झाँसीको रानी लक्ष्मीबाईको विरताको बयान गरिएको छ।

कंगनाले हाल चलचित्रको केही झलक देखाएकी थिइन र उनले चलचित्रको टिजर स्वतन्त्र दिवसको अवसरमा टिजर सार्वजनिक गर्ने फिल्म मेकर्ससगै संयुक्त भनेकी छिन्।

यो चलचित्रमा प्रोड्युसर कमल जैन हुन्। यो चलचित्रलाई बाहुबाली फिल्मका लेखक विजयेंद्र प्रसादले लेखेका छन्। उनलाई लक्ष्मीबाई चलचित्रको विषय 'लार्जर देन लाईफ' रहेको र युनिभर्सल अपिलको महशुस भएको बताए। उनलाई यो चलचि बाहुबालीकै स्केलमा बनाएका थिए। त्यसमा हायर पनि गरिएको थियो। 

एउटा अन्तर्वार्तामा उनले भनेका छन्,‘यो चलचित्रको कथा म नै लेख्न सक्थें किनभने मेरो आफ्नै छोरीको नाम पनि मणिकर्णिका हो। मैले आफ्नो बचपनमा लक्ष्मीबाईको बिरताको कहानी पढेको थिएँ त्यसैले मैले आफ्नो छोरीको नाम पनि मणिकर्णिका राखेको थिएँ। म वर्षौदेखि यस मुद्दामा चलचित्र बनाउने प्रतिक्षामा पनि थिएँ।’

चलचित्रको कष्ट्युम नीता लुल्लाले डिजायन गरेकी थिइन्। यसको लागि उनले छ महिनाभन्दा बढी समय लिएका थिइन्। उनीसँगै काम गर्न ४० जनाभन्दा बढी जुटेका थिए। मुख्य भूमिकामा मात्रै ४० देखि ५० कष्ट्युम चेन्ज गरिएको थियो। र चलचित्रमा १५ जना मुख्य भूमिकामा देखिदै छन्। युद्धको सिक्वीन्सको लागि उनीहरूले अत्यधिक डिजायन गरिएको छ। अंगे्रेजको यूनिफार्मको लागि पनि राम्रो रिसर्च गरिएको बताइएको छ।
  
चलचित्रमा एक्सन निक पाँवेलले डिजायन गरेका छन्। निकले वारको सिक्वेन्समा दुइ-दुइ हजार मान्छेलाई प्ले गराएका छन्। कंगना रणवातले शुटिङ अगावै चालिस दिनअघिदेखि तरबार चलाउन सिकेकी थिइन्। 

कंगना बाहेक अंकित लोखंडे र डैनीले पनि शुरुवातैमै ट्रेनिङ्ग गरेका थिए। घोडसवारी सिक्नको लागि दुइ महिनाअघिदेखि नै उनीहरूले तालिम लिएका थिए। यस चलचित्रमा महिला फाइटरको बाहुल्यता बढी रहेका छ।   
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्