शुक्रबार, वैशाख १४, २०८१

‘ओली संविधान पनि ‘क्रस’ गर्न खोज्दै छन्’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित कामकारबाही अघि बढाएको बताएका छन्। 
 
वर्तमान सरकारको हनिमुन पिरियड सकिएकोले अब काम गरेर देखाउनु पर्ने भए पनि मुलुकमा थप अस्थिरता र अराजकता ल्याउने गरी अधिनायक शैली अघि बढेको नेता पौडेलले बताएका छन्। 

रिपोर्टर्स क्लवले आयोजना गरेको साक्षात्कारमा बोल्दै पौडेलले भने ‘प्रधामन्त्रीले दुई तिहाईको दम्भ देखाउनुभयो, त्यसैले सरकारकै कारण हामी सडक र सदनमा संघर्षमा उत्रिन बाध्य छौं।’

सरकारले विश्वविद्यालयका उपकुलपतिलाई विमानस्थलबाट गिरफ्तार गरेर थुनेको, आफू अनुकुल रिपोर्ट बनाउनको लागि अस्पतालबाट डाक्टरलाई अपरहण गरेको, पत्रकारको प्रश्नको सामाना गर्न नसक्दा टेलिभिजन कार्यक्रम नै बन्द गराएको, सिण्डिकेट अन्त्यको हल्ला चलाएपनि विभागका महानिर्देशक हटाएको, गलत गर्ने ठेकेदारलाई कारबाही नगरेको र महँगीले आकाश छोएको अवस्थामा पनि सरकार मौनतामा गम्भीर प्रश्न उठेको बताए। 

माथेमा आयोगको प्रतिवेदन अनुसार अध्यादेश ल्याउने सहमति दिएको भएपनि सरकारले त्यसलाई तोडमोड गरेर विधेयक ल्याउन खोजेकोले यो सरकारलाई समर्थन गरिराख्नुको कुनै अर्थ नरहेको पौडेलले जनाए। 

पोडेलले सरकारले संविधानले तय गरेको सीमा र मर्यादालाई समेत ‘क्रस’ गर्ने प्रयास भएको बताए। 

‘हामीलाई सरकारको कब्जाको रणनीति मान्य छैन’–उनले भने,‘सरकारको एउटा निर्णयले आज हजारौंका संख्यामा असर परेको छ, अघिल्लो सरकारले नियुक्ती गरेका सबै कुरा खारेज गर्ने कुराले के देखाउँछ भने सरकारमा दुई तिहाईको दम्भ बढि भयो।’

दुई तिहाईको दम्भमा जनतालाई तर्साउने र धम्काउने, लोकतान्त्रिक व्यवस्थालाई कमजोर तुल्याउने कुरा आफूहरुलाई कुनै हालतमा पनि स्वीकार्य नरहेको उनको भनाई छ। उनले भने, ‘सरकारले सुशासन र समृद्धिको लागि अब पनि काम गर्न नसके, यसको अपजस सबै सरकार र यसको नेतृत्व गरेका व्यक्तिलाई जान्छ।’ 

उनले विकेन्द्रिकरण सरकारले स्वीकार नगरेको जनाउँदै पौडेलले भने ‘अहिले प्रधानमन्त्रीको गतिवधि र चाला हेर्दा उहाँ व्यक्ति बलियो बन्नतर्फ केन्द्रित हुनुहुन्छ, राष्ट्रिय अनुशन्धान विभाग, राजश्व अनुशन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभाग किन आफू माताहतमा राखेर तर्साउनु पर्‍यो?’
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।