शनिबार, वैशाख ८, २०८१

प्रदेश १ का दुई स्थानीय तह प्रमुख विहीन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इटहरीः प्रदेश १ का १३७ स्थानीय तहहरूमध्ये २ स्थानीय तह प्रमुखविहिन भएका छन्  । उपचार र दुर्घटनामा स्थानीय निकाय प्रमुखहरूको मृत्यु भएपछि ७ महिनायता २ जना स्थानीय तह उपप्रमुखबाट सञ्चालनमा आएका छन् । 

 श्रावण १ गते काठमाण्डौमा धरानका मेयर तारा सुब्बाको निधन भएपछि धरान उपमहानगरपालिका प्रमुख विहीन भएको हो । काठमाण्डौको ग्रान्डि अस्पतालमा फोक्सोको उपचाररत मेयर सुब्बामा मृत्युको खबर मंगबार दिउँसो सार्वजनिक भएको थियो । 

यस्तै, गत वर्षको पुस अन्तिममा सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवालको पनि निधन भएको थियो । गाउँपालिका अध्यक्ष खड्का लगायत अन्य ५ जनाको सङ्खुवासभाको भोटखोलामा गाडी खसेर निधन भएको थियो । बा ५ च १३०९ नम्बरको जिप दुर्घटना भएपछि गाउँपालिका अध्यक्ष सहित पुनः निर्माण प्राधिकरणका कर्मचारीहरूको समेत ज्यान गएको थियो । 

स्थानीय निकाय प्रमुखहरूको मृत्यु हुँदा के हुन्छ ?

नेपालको संविधान २०७२ को धारा १२५ को उपधारा ९ मा  स्थानीय सरकार प्रमुख पद रिक्त हुँने बारेमा लेखिएको छ । जस अनुसार स्थानीय सरकार प्रमुखको १ वर्ष भन्दा बढि पदावधि रहेको अवस्थामा उपनिर्वाचन हुने कुरा प्रस्ट लेखिएको छ । 

उपनिर्वाचन हुँदा उपधारा ८ बमोजिम भनिएको छ । उपधारा ८ मा प्रमुखले उपप्रमुखसँग राजिनामा दिएमा, पदावधि समाप्त भएमा वा मृत्यु भएमा प्रमुख पद रिक्त हुने व्यवस्था छ । 

 यसरी धरान उपमहानगर र मकालु गाँउपालीका प्रमुखहरुको मृत्युपछि  रिक्त भएको स्थानीय सरकारको निर्वाचन हुने अवस्था देखिएको छ । निर्वाचन गर्ने बिषय भने निर्वाचन आयोग हैन नेपाल सरकारले तय गर्नुपर्ने अनिमात्रै उपनिर्वाचन प्रकृया अगाडि बढ्ने अधिबक्ता निराजन ओझा बताउँछन । सरकारले निर्वाचत तोकेको २ देखी  ३ महिनामा उपनिर्वाचन हुनसक्ने  अधिबक्ता ओझाको भनाइ छ । 

सङ्घीय गणतन्त्र नेपालको संविधान सभाले बनाएको संविधान २०७२ मा मात्रै हैन स्थानीय निकाय प्रमुखको मृत्यु हुँदा उपनिर्वाचन हुने कुरा स्थानीय स्वायत्त शासन एने २०५५ मा गरिएको थियो । यद्यपि, त्यो व्यवस्था अनुसार कतैपनि उपनिर्वान नभएको संविधान निर्माणमा सक्रिय पूर्व सांसद रेवतिरमण भण्डारी बताउँछन् । 

हाल प्रदेश १ को कानुनी मस्यौदा सल्लाहकार समिति संयोजक समेत रहेका भण्डारी भन्छन, ‘अघिल्लो शासकीय स्वरूपमा उपनिर्वाचनको प्रस्ट व्यवस्था भए पनि प्रमुख पद रिक्त हुँदा निर्वाचन भएको थिएन । यो पटक मकालु गाउँपालिका र धरान उपमहानगरपालीकामा उपनिर्वाचन भएमा नयाँ रेकर्ड कायम हुनेछ ।’



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।