शुक्रबार, वैशाख १४, २०८१

केसीको अवस्था नाजुक, सरकारसँग राति नै विशेष वार्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सरकार र डा गोविन्द केसी पक्षबीच मंगलबार राति वार्ता हुने भएको छ। सोमबार बसेको वार्ता निष्कर्षबिहिन भएपछि पुन: वार्ता बस्न लागेको हो। 

डा केसीको स्वास्थ्य नाजुक भएपछि सरकारले मंगलबार राति वार्ताका लागि बोलाएको हो। शिक्षा मन्त्रालयमा राति नौ बजेदेखि हुने वार्तामा सरकार केही लचिलो हुने अनुमान गरिएको छ। डा केसी पक्षबाट वार्ता समितिका सदस्य रहेका डा सुरेन्द्र भण्डारीले सरकार लचिलो नभएसम्म वार्ता सकारात्मक रुपमा अघि नबढ्ने बताएका छन्। माग सुनुवाईमा सरकार संवेदनशील नबनेको डा केसी पक्षधरले आरोप छ। 

उनले नेपाल समयसँग भने, 'सरकारी पक्ष वार्ताका लागि 'सिरियस' नै भएको छैन।' एकातिर संसदमा माफिया पोस्ने विधेयक पेस गरेको छ भने अर्कोतिर हामीलार्इ वार्ता भन्दै अल्मल्याउन खोजेको छ। डा केसीलार्इ काठमाडौं ल्याउने उद्देश्यले वार्ता समिति गठन गरेकोजस्तो देखिन्छ। यस्तो गर्नु भनेको वार्ताका लागि 'सिरियस' नै नहुनु हो।'

केसी पक्षले वार्ता निष्कर्षमा नपुगुन्जेसम्म सरकारले चिकित्सा शिक्षा विधेयक सम्बन्धमा भइरहेका कामकारबाहीहरु स्थगित गरेर वार्ताका लागि अघि बढ्नुपर्ने माग राखेको छ। डा भण्डारीका अनुसार सोमबारको वार्तामा सरकार माग सम्बोधन गर्ने भन्दा पनि केसीलाई काठमाडौँ ल्याएर उपचार गर्ने कसरतमा देखिएकोले वार्ता सकारात्मक हुन नसकेको हो। 

डा. केसी आफ्नो माग सम्बोधन नभएसम्म अनशन नतोड्ने अडानमा छन् भने सरकार राष्ट्रिय चिकित्सा विधेयकका प्रावधानमा पछाडि नहट्ने अडानमा छ। जसका कारण दुबै पक्षबीच वार्ता पनि लम्बिदै गएको छ।

सरकारले सोमबार शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा सरकारले वार्ता समिति बनाएको छ भने डा केसीका पक्षबाट पहिले नै वार्ता समिति बनाइएको थियो। केसीका पक्षबाट डा अभिषेक राज सिँह, डा. सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल, डा वाइपी सिँह र डा. जीवन क्षेत्री रहेका छन्।

डा केसी १८ दिनदेखि अनशनमा छन्। उनको स्वास्थ्य थप जटिल बन्दै गएको छ। केसीलाई आइसियुमा राखेर उपचार गर्नुपर्ने अवस्था आईसकेपनि प्रतिष्ठानमा आइसियु नहुँदा उनको ज्यान जोखिममा रहेको र जोखिमबाट बचाउन चुनौती हुने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । केसीको जीवनरक्षाका लागि उनलाई जुनसुकै समयमा पनि एयरलिफ्ट गर्नुपर्ने अवस्था छ, तर केसी एयरलिफ्ट गर्न अस्विकार गर्दै आएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।