बिहीबार, वैशाख १३, २०८१

मिस्कल गरे एनआइसी एशियाको सेवा पाइने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाण्डौं- एनआइसी एशिया बैंक लिमिटेडले साउन १ गते (आज) देखि मिस्कल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। बैंककाअनुसार सेवाको शुरुवात सँगै अब बैंकका ग्राहकले केही सेवाहरु मिस्कल गरेर प्राप्त गर्न सकिने भएको हो।

मिसकल गर्दा पाइने सेवा

ब्यालेन्स सम्बन्धि जानकारी

ब्यालेन्स सम्बन्धमा जानकारी लिनका लागि मोबाईल नम्बर ९८०१२२७७३३ मा मिस्कल गर्न सकिनेछ। उक्त नम्बरमा कल गरी ग्राहकले आफ्नो खातामा रहेको मौज्दात रकमको जानकारी एसएमएसमार्फत प्राप्त गर्न सकिने बताइएको छ।

मिनी स्टेटमेन्ट जानकारी

मिनी स्टेटमेन्टको जानकारी लिन मोबाईल नम्बर ९८०१२२७७४४ मा मिस्ड कल गर्न सकिने छ। उक्त नम्बरमा कल गरे खाताको अन्तिम ३ वटा कारोबारको जानकारी एसएमएसमार्फत प्राप्तगर्न सकिने बैंकले जानकारी दिएको छ। 

कलब्याक सेवा

कलब्याक सेवा पाउन मोबाईल नम्बर ९८०१२२७७५५ मा मिस्ड कल गर्न सकिनेछ। उक्त नम्बरमा कल गरे बैंकका सम्बन्धित कर्मचारीबाट कलब्याकमार्फत विभिन्न सुविधाको बारेमा जानकारी प्राप्त गर्न सकिने बैंकले बताएको छ।

बैंकले हाल  देशभर २३१ शाखा कार्यालयहरु, २२० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखा रहित बैंकिङ्ग ईकाईकोमार्फत सेवा प्रदान गरिरहेको छ । 
बैंकको वासलातको आकार रू १७६ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू १५० अर्ब पुर्‍याएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्