शनिबार, वैशाख ८, २०८१

अभिभावकबाटै बालिका असुरक्षित !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- कञ्चनपुरको दोधारा चाँदनी-१० की १३ वर्षीया एक बालिका जन्मदिने बाबुबाटै बलात्कार भइन् । ती बाबुले छोरीलाई लामो समयदेखि बलात्कार गर्दै आए पनि पीडितले बाबुकै डरले घटना लुकाएर राखिन् । 

बाबुको ज्यादती बढ्दै गएपछि छोरीले त्यो कुरा छिमेकीलाई सुनाइन् । छिमेकीमार्फत् घटना प्रहरीमा पुगेपछि प्रहरीले बाबुलाई नियन्त्रणमा लिएको छ । आमा केही महिनादेखि भारतमा बेपत्ता हुँदा बाबु-छोरी मात्र घरमा थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बाबुले छोरीलाई बलात्कार गरेको खुलेको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। 

कञ्चनपुरमै बाबुबाट छोरी बलात्कृत भएको यस वर्षको यो दोस्रो घटना हो । गत वैशाखमा मात्र कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बंकमा एक किशोरी बाबुबाटै बलात्कृत भएकी थिइन्। घरमा आमा नभएको मौका छोपेर पटक-पटक बलात्कार गर्ने बाबुको अत्याचार सहन नसकी आफैं प्रहरी समक्ष पुगेकी १४ वर्षीयाकिशोरी चार वर्षदेखि बलात्कृत हुँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अछामको साँफेबगर नगरपालिका-११ की आठ वर्षीया बालिका गाउँकै दाइ नातापर्ने २१ वर्षीय रेवन्त दासबाट बलात्कृत भइन् । बालिकाकी आमा रोपाईंमा गएको मौका छोपेर दुई वर्षे बहिनीको हेरालु बसेकी ती बालिकालाई पानी माग्ने निहुँमा २० असारमा बलात्कार गरेको खुलेको छ । भारतमा रहेका बालिकाका बाबु र बाजुरामा रहेका ठुलो बुवाको सल्लाहमा २८ असारमा मात्र प्रहरीमा जाहेरी परेको छ । 

एक वर्षमा एक सय दुर्इ जबर्जस्ती करणीका मुद्दा दर्ता, अधिकांश बालिका नजिकका नातेदारबाट नै बलात्कृत, सहमतिमा शारीरिक सम्पर्क अरूले थाहा पाएपछि मुद्दा, मागेजति पैसा पाउँदा बीचमै हराउँछन्, कतिपय मुद्दा । 

बलात्कारको आरोप लागेका रेवन्त परिवारसहित भागेर भारत गएको प्रहरीले जनाएको छ । बालिकाको योनीमा संक्रमण भएकाले उपचार भइरहेको छ ।

कञ्चनपुरमा जन्मदिने बाबुबाटै छोरीले बलात्कारको शिकार हुनु र अछाममा गाउँले दाइबाट बहिनी बलात्कृत भएका घटनाले बालिका तथा किशोरीहरू आफ्नै अभिभावकबाट पनि सुरक्षित छैनन्भ न्ने पुष्टि हुन्छ । यी तीन वटा प्रतिनिधि घटना मात्र हुन् । एउटी बालिकाका लागि बाबुभन्दा सुरक्षित र भरपर्दो मानिस अरू हुनै सक्दैन । तर, त्यही बाबुले आफैंले जन्म दिएकी छोरीको अस्मिता लुट्नेजस्तो जघन्य अपराध गर्न थालेपछि बालिकाको असुरक्षा बढेको छ । 

बाबु, दाजुभाइ तथा नजिकका आफन्तबाट बालिका तथा किशोरी बलात्कृत हुने संख्या बर्सेनि बढ्दो छ । प्रहरीको तथ्यांकअनुसार प्रदेश-७ का सबै नौ जिल्लामा आर्थिक वर्ष ०७४/७५ मा एक सय दुई वटा जबर्जस्ती करणीका मुद्दा दर्ता भएका छन् । त्यतिकै हाराहारीमा जबर्जस्ती करणी उद्योगका मुद्दा छन् । तीमध्ये आधाभन्दा बढी पीडितको संख्या १६ वर्ष मुनिका बालिकाको छ । 

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार झण्डै आधा संख्या कैलालीको मात्र छ । जहाँ जबर्जस्ती करणीका ४४ मुद्दा दर्ता भएका छन् । एकै वर्ष दुई बालिका बाबुबाट बलात्कृत हुने कञ्चनपुरमा कैलालीपछि धेरै १७ वटा जबर्जस्ती करणीका मुद्दा दर्ता भएका छन् । जहाँ १५ वटा मुद्दा जबर्जस्ती करणी उद्योगका छन् । 

कञ्चनपुरपछि धेरै अछाममा १३ वटा मुद्दा जबर्जस्ती करणीका दर्ता भए । जसमा सात बालिका १६ वर्ष मुनिका छन् । ६ वटा मुद्दा उद्योगका छन् । यस्तै, बैतडीमा ११, बाजुरामा ६, बझाङमा चार, डडेलधुरामा तीन, दार्चुलामा दुई र डोटीमा एक मुद्दा जबर्जस्ती करणीका दर्ता भएका छन् । केही जिल्लाबाहेक अधिकांशमा विगत तीन वर्षको जबर्जस्ती करणीका मुद्दाको संख्या हेर्दा मुद्दा दर्ता हुने क्रम बढ्दो छ । 'जबर्जस्ती करणीका मुद्दाको संख्या बर्सेनि बढ्दो छ,' कैलालीका प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले भने, 'बलात्कारका घटनामा बालिकाको संख्या झन् बढ्दो छ ।'

जबर्जस्ती करणीका कतिपय घटना प्रहरी कार्यालयमा पुग्दै पुग्दैनन् भने पुगेका पनि कतिपय लेनदेनमा कुरा मिलेर बीच बाटोबाटै हराउने गरेका छन् । बलात्कारजस्तो जघन्य अपराध पनि मिलापत्रमै टुंगिने गर्छन् । 

'शुरुमा सहमतिमा सम्पर्क हुनेपछि परिवार र गाउँ समाजले थाहा पाउँदा प्रहरीमा पुग्ने गरेका उदाहरण पनि थुप्रै छन्,' कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेट्टीले भने, 'प्रहरीमा उजुरी दिइसकेपछि पीडित पक्षले भनेजति रकम पाउँछन् र मुद्दा फिर्ता हुन्छ ।' उनले नाबालिका, अशक्त महिला तथा सामूहिकबाहेक समान उमेरकी युवती तथा महिलालाई एक्लो मानिसले जबर्जस्ती करणी गर्न सक्ने सम्भावना नहुने बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।