बुधबार, वैशाख १२, २०८१

बाजुरामा निमोनियाका बिरामी बढे

जिल्ला अस्पताल बाजुरामा निमोनियाका बिरामीले भरिभराउ भएको छ।
 |  शुक्रबार, साउन २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०७८

बाजुरा- जिल्ला अस्पताल बाजुरामा निमोनियाका बिरामीले भरिभराउ भएको छ। एक सातायता दैनिक १५ देखि ३० जनासम्म बालबालिका निमोनियाका बिरामी आउने गरेको अस्पतालका प्रमुख डा. प्रकाश जोशीले बताए।

triton college

निमोनिया जस्तो लक्षण देखापरेको बच्चाहरुको अक्सिजनको सहारामा उपचार भइरहेको जिल्ला अस्पताल बाजुराका डा. जोशीको बताए। हाल अस्पतालमा १३ बालबालिकाको उपचार भइरहेको छ। सबै बालबालिकामा निमोनिया भएको र तीमध्ये एक जनामा कोरोना सङ्क्रमण देखापरेको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए।

केही दिनअगाडि कोरोना हो कि भन्ने शंकामा जिल्ला अस्पतालमा भर्ना भएका १३ बालबालिकाको स्वाब सङ्कलन गरी डोटी प्रयोगशालामा पठाउँदा एक जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ।

कतिपय बच्चा सामान्य रहेको भए पनि धेरै बच्चा भने जटिल अवस्थामा रहेकाले अक्सिजनको सहारा दिनुपरेको अस्पतालले जनाएको छ। जिल्लाका स्वास्थ्य संस्था तथा अस्पतालमा पनि निमोनियाका बिरामी उपचारमा आउने गरेका छन्।


प्रकाशित: Aug 06, 2021| 09:00 शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।