शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • सरकारले राजस्व लक्ष्य पुरा गर्न सोमबार पौने १६ अर्ब उठाउनुपर्ने

सरकारले राजस्व लक्ष्य पुरा गर्न सोमबार पौने १६ अर्ब उठाउनुपर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आर्थिक वर्ष सकिन मात्रै १ दिन बाँकी रहँदा सरकारले लक्ष्यको ९७.८४ प्रतिशत अर्थात ७ खर्ब १४ अर्ब ३१ करोड ७९ लाख १६ हजार राजस्व संकलन गरेको छ। 

सरकारले  चालु अर्थिक वर्षभित्र ७ खर्ब ३० अर्ब ५ करोड ५५ लाख ७० हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो। 

यदि सरकारले आज (सोमबार) १५ अर्ब ७३ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन गर्ने हो भने चालु अर्थिक  वर्ष २०७४-७५ मा लिएको लक्ष्य पुरा हुनेछ । मंगलबारदेखि नयाँ आर्थिक वर्ष सुरु हुँदैछ। सरकारले गत साताभित्र मात्रै पनि एक दिनमा १ अर्ब ६४ करोड रुपैयाँदेखि १६ अर्ब ४६ करोड रुपैयाँसम्म राजस्व संकलन गरेको छ।

चालू आवको लागि सरकारलार्इ करिब ४ खर्ब रुपैयाँ बढी रकम विदेशी अनुदान, आन्तरिक र बाह्य ऋणको भार परेको छ।

अहिलेसम्ममा सबैभन्दाबढी ललितपुरबाट १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ  राजश्व संकल भएको छ। त्यसपछि पर्सामा १ खर्ब ६२ अर्ब १४ करोड र काठमाडौंबाट १ खर्ब २१ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ।

त्यस्तै आगामी आव २०७५-७६ को लागि सरकारले १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। कुल विनियोजममध्ये चालुतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ, पुँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख, वित्तिय व्यवस्थातर्फ रु १ खर्ब ५५ अर्ब ७१ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। 

आगामी आर्थिक वर्षमा राजस्वबाट रु ८ खर्ब ३१ अर्ब ३१ करोड  ८० लाख रुपैयाँ उठाउने सरकारको लक्ष्य छ।  त्यसबाहेक वैदेशिक अनुदानबाट ८५ अर्ब ८१ करोड ५५ लाख, वैदेशीक ऋणबाट २ खर्ब ५३ अर्ब २ करोड ८२ लाख, बाँकी आन्तरिक ऋणबाट बेहोर्ने उल्लेख छ। 

सरकारले लक्ष्यको ८२.७१ प्रतिशत मात्र खर्च गरेको छ। चालु आवमा १२ खर्ब ७९ अर्ब ७६ करोड रुपैयाँ विनियोजन गरेकोमा आइतबारसम्ममा १० खर्ब ५८ अर्ब ५१ करोड रुपैयाँ मात्र खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

यसमध्ये चालुतर्फ ८६.३७ प्रतिशत अर्थात ६ खर्ब ९४ अर्ब ६ करोड रुपैयाँ मात्र खर्च भएको छ। पुँजीगत खर्च ७६.१३ प्रतिशत अर्थात २ खर्ब ५५ अर्ब १५ करोड रुपैयाँ खर्च भएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्