शनिबार, वैशाख ८, २०८१

चार महिनादेखि शिक्षकले पाएनन् तलब

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- मुलुक संघीय संरचनामा प्रवेश गरेसँगै सामुदायिक विद्यालयहरु स्थानीय तह मातहत गएका छन्। स्थानीय तह जानुपूर्व नियमित तलब पाउँदै आएका धनुषास्थित केहि स्थानीय तहका शिक्षकहरु भने विगत चार महिनादेखि रित्तै काम गर्ने अवस्था छ।

धनुषाको धनौजी गाउँपालिका मातहत रहेका विद्यालयका शिक्षकहरु तलबै नपाई पछिल्लो चार महिनादेखि काम गर्दै आइरहेका छन्। कोष तथा लेखा नियन्त्रक कार्यालयले निकासा गरिसकेपनि स्थानीय तहले भने शिक्षकहरुलाई चार महिना देखि तलब नदिएको बहुअर्बा माविका प्रधानाध्यापक तपेश्वर मल्लिकले बताए।

मल्लिकका अनुसार स्थानीय तहले पछिल्लो चार महिनादेखि तलब निकासा नगरेपछि गाउँपालिकाका शिक्षकहरु विच्चलीमा परेका छन्। तलबको लागि पटक-पटक तागेता गरेपनि कुनै सुनवाई नभएको शिक्षकहरु बताउँछन्।

गाउँपालिकाको कार्यकारी अधिकृत र लेखा अधिकृतबीच समन्वयकारी व्यवहार नहुँदा शिक्षकहरुले तलब पाउन नसकेको शिक्षकहरुले गुनासो गरेका छन्। आर्थिक वर्ष सकि सक्दा समेत गाउँपालिकाले तलब निकासा नगरेपछि शिक्षकहरुको सञ्चय कोष दाखिला हुन सकेको छैन्। सञ्चय कोष दाखिला नहुँदा सञ्चय कोषबाट आउने चार महिनाको ब्याज समेत कटौती भएको शिक्षकहरुको भनाई छ।

निकासामा ढिलाई भएपछि गाउँपालिका मातहतका २ मावि, २ निमावि र ४ प्राथमिक गरी ८ विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीहरुले पछिल्लो चार महिनादेखि तलब पाउन सकेको छैनन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।