मंगलबार, वैशाख ११, २०८१

क्रोएसियाले हार्‍यो तर कोलिन्डाले जितिन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- विश्वकप फाइनलमा क्रोएसियाले हार्‍यो तर कोलिन्डाले संसारका खेलप्रेमीको मन जितेकी छिन्। विश्वकप जित्ने फ्रान्सको भन्दा यतिबेला कोलिन्डाको चर्चा मिडिया र सामाजिक संजालमा बढी भएको छ । खेलप्रतिको उनको प्रेम र खेलाडीलाई उनले दिएको प्रोत्साहन दुनियाँका लागि उदाहरण बनेको छ । सबै खेलप्रेमीले कोलिन्डाको खुलेर प्रशंसा गरेका छन् ।

कोलिन्डा ग्राबर किटारोभिक क्रोएसियाकी पहिलो महिला राष्ट्रपति हुन्। सन् २०१५ मा ४६ वर्षको उमेरमा उनी राष्ट्रपति चयन भएकी थिइन् । 

खासगरी, हालै सम्पन्न फिफा विश्वकपबाट उनी विश्वव्यापी चर्चामा छन् । आफ्नो देशका खेलाडीहरूलाई मातृवत् व्यवहारका कारण उनको चर्चा चुलिएको हो । कतिपय मिडियाले त उनलाई विश्वकपकी आमा भनेर सम्बोधन गरेका छन् । क्रोएसियाले फ्रान्सविरुद्ध विश्वकप फाइनल खेल्दै गर्दा उनी मैदानमै पुगेर खेलाडीको मनोबल बढाइरहेकी थिइन् । हरेक खेलमा खेलाडीलाई उनले दिएको माया र प्रोत्साहन साच्चिकै उदाहरणीय छ, त्यसको अहिले विश्वभर प्रशंसा भइरहेको छ । 

हारका बावजुद गोल्डेन बल पुरस्कार पाउन सफल क्रोएसियाका खेलाडी लुका मोड्रिकलाई भावुक बन्दै अँगालो हालेको राष्ट्रपति कोलिन्डाको तस्बिर भाइरल बनेको छ संसारभर । 



रुसको राजधानी शहर मस्कोस्थित लुजनिकी स्टेडियममा आइतबार भएको क्रोएसिया र फ्रान्सबीचको फाइनल खेल हेर्न आयोजक राष्ट्र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँगै पुगेकी थिइन्, कोलिन्डा । 

उनी टिमको हौसला बढाउन आफ्नै राष्ट्रिय टोलीको रातो र सेतो बुट्टा भएको जर्सी लगाएर पुगेकी थिइन् । स्टेडियमको भीआईपी कक्षमा फ्रान्स र क्रोएसियाको गोलसँगै उनले खेलको मजा लिइन् । क्रोएसियाले गोल हान्दा आम समर्थकजस्तै उनी कुर्सीबाट उठेर चिच्याएर खुशी हुन्थिन् । आफ्नो राष्ट्रलाई उत्साह र उमंग दिँदै खेलमा डुबेकी थिइन् ।

विश्वकप, २०१८ को उपाधि फ्रान्सले उठाउन सफल भयो । त्यसबाट उनी निराश पक्कै भइन् । अवार्ड वितरणका लागि फिफा अध्यक्ष जियानी इन्फान्टिनो, रुसी राष्ट्रपति पुटिन, फ्रान्सका राष्ट्रपति म्याक्रोन र कोलिन्डा सँगै मैदानमा पुगे । आदर्श र सद्भावका साथ म्याक्रोनको हात समातेर उनी मैदानमा देखापरेकी थिइन् ।

टिमले हारेपछि निराश बनेका लुका मोड्रिक गोल्डेन बल अवार्ड लिन अगाडि बढे । उनको अनुहारमा गोल्डेन बल अवार्ड लिनुभन्दा धेरै हारको पीडा थियो । पानी परिरहेको थियो, मानौं क्रोएसियाको हारमा रोइरहेको थियो आकाश । 


राष्ट्रपति कोलिन्डाले लुकालाई धेरै समयसम्म अँगालो हालिन्, गाला थम्थपाइन् र पीडा कम गर्न मद्दत गरिन् । सबै खेलाडीलाई उनले त्यसरी नै हौसला र सान्त्वना दिइन् । विजेता राष्ट्र फ्रान्सलाई पनि त्यसरी नै बधाइ र सफलताको शुभकामना व्यक्त गरेकी थिइन् । जित हात पार्न सफल नहुनुको पीडा त थियो नै, फाइनलमा पुग्न र इतिहास रच्न सफल हुनुको खुशी पनि उनको अनुहारमा झल्किन्थ्यो । 

मस्कोको लुजनिकी स्टेडियममा दमदार उपस्थितिपछि राष्ट्रपति कोलिन्डाका बिकिनी तस्बिरहरू पनि सामाजिक सञ्जालमा भाइरल बनेका छन् । खैरो कपाल, गोरो अनुहार, हल्का मोटी तर सलक्क परेको ज्यान र मृगनयनी अनुहारमा उनी ५० वर्षमा पनि कुनै सुन्दरीभन्दा कम छैनन् । 

केही समयअघि आफ्ना श्रीमान्सँग समुद्री तटमा बिकिनी ड्रेसमा रोमान्स गरिरहेका उनका तस्बिरले तरंग ल्याएका थिए । घरको भित्तामा रोगन लगाउँदै गरेका तस्बिरका कारण पनि उनी चर्चामा आएकी थिइन्।


तस्बिर स्रोत: फिफा
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।