शनिबार, वैशाख ८, २०८१

मोड्रिचले पाए गोल्डेन बल, ह्यारीलाई गोल्डेन बुट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- फ्रान्सले विश्वकपको ट्रफी चुमेसंगै रसियामा भएको २१ औं विश्वकप फुटबल  प्रतियोगिता औपचारिक रुपमा सकिएको छ । 

फ्रान्ससंग ४-२ गोलअन्तरले पराजित हुँदै पहिलो पटक फाइनलमा पुगेको क्रोएशियले उपविजेतामै चित्त बुझाउनु पर्यो । तर, टिमले उपाधि जित्न नसके पनि क्रोएशियाली कप्तान लुका मोड्रिचले विश्वकपको उत्कृष्ट खेलाडीको रुपमा गोल्डेन बल जितेका छन् । 

रियल मड्रिडबाट व्यवसायिक फुटबल खेल्ने मोड्रिच क्रोएशियालाई पहिलो पटक विश्वकपको फाइनलमा पुर्याउने नायक मध्येका एक हुन् । उनले क्रोएशियाली टिमको नेतृत्व गरेका थिए । यस्तै तेस्रो भएको बेल्जियमको एडेन हाजार्डले शिल्भर तथा फ्रान्सका एन्टोनी ग्रीजमनले ब्रोन्ज बल जिते ।

यसैगरि विश्वकपमा इंग्ल्याण्डले चौथो स्थानमा चित्त बुझायो । तर, उसका कप्तान तथा मुख्य स्ट्राइकर ह्यारी केनले सर्बािधक गोलकर्ताको रुपमा गोल्डेन बुट पुरस्कार पाए उनले विश्वकपमा सर्वाधिक ६ गोल गरे ।

विश्वकपको उत्कृष्ट गोलरक्षक बेल्जियमका थियागो कोट्वा बने । चेल्सीका स्टार गोलरक्षक कोट्वाले विश्वकपमा उत्कष्ट प्रदर्शन गरेका थिए । बेल्जियमले भने विश्वकपमा तेस्रो स्थानमा चित्त बुझाएको थियो ।

यस्तै च्याम्पियन फ्रान्सका युवा स्टार किलिएन एम्बाप्पेले बेस्ट योङ प्लेअरको अवार्ड जिते । उनी विश्वकपको फाइनलमा गोल गर्ने पेलेपछि पहिलो टिनएजर प्लेअर बनेका छन् । यस विश्वकपमा एमबाप्पेले कूल ४ गोल गरे जसमा फाइनलको एक गोल पनि समावेश छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।