बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • क्रोएसियाविरुद्ध फ्रान्सले ४-२ गोलको अग्रताः मारियोले एक गोल फर्काए

क्रोएसियाविरुद्ध फ्रान्सले ४-२ गोलको अग्रताः मारियोले एक गोल फर्काए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- विश्वकप २०१८ को फाइनल खेलमा क्रोएसिविरुद्ध फ्रान्सले ४-२ गोलको अग्रता बनाएको छ। खेलको ६५ औं मिनेटमा फ्रान्सका केलियन बाप्पेले गोल गर्दै ४-१ को अग्रता बनाएका छन्। तर, ६९ औं मिनेटमा क्रोएसियाका मारियो मान्डजुकिकले गोल गर्दै खेलमा फर्किने प्रयास गरेका थिए। 

उनले गोल गर्दै खेललाई ४-२ को स्थितीका पुर्‍याएका थिए। उनैले पहिलो हाफको शुरुवातमै आत्मघाती गोल गरेपछि फ्रान्सले अग्रता बनाएको थियो। मान्डजुकिकले १८ औं मिनेटमा आत्मघाती गोल गर्न पुगेका थिए। 

फ्रान्सका एन्टोइनी ग्रिजम्यानले प्रहार गरेको फ्रिकिक बचाउने क्रममा उनले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए। खेलको ५९ औं मिनेटमा पल पेग्वाले गोल गर्दै फ्रान्सलाई ३-१ को अग्रता दिलाएका हुन्। उनले स्टेभान जोन्जीको पासमा गोल गरेका थिए। 

यस अघि खेलको ३८ औं मिनेटमा क्रोएसियाका खेलाडीले आफ्नो डिबक्सभित्र फल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो। पेनाल्टीको सदुपयोग गर्दै फ्रान्सका एन्टोइनी ग्रिजम्यानले गोल गरे । एन्टोइनीको गोलमार्फत फ्रान्सले पहिलो हाफमानै २–१ को अग्रता बनाएको थियो।

क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै १-१ गोलको बराबरीमा पुर्याएका थिए।  १-० गोलले पछि परेको अवस्थामा क्रोएसियाले खेलको २८औं मिनेटमा गोल गर्दै बराबरी बनाएको थियो। क्रोएसियाका लागि पेरिसिकले उत्कृष्ट गोल गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।