शुक्रबार, वैशाख ७, २०८१

नेपाल टेलिकमले ल्यायो 'मनसुन अफर'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाल टेलिकमको सेवा शुल्क बढेर १३ प्रतिशत हुने भएपछि ग्राहकलाई धेरै मर्का पर्ने भएकोले मनसुन अफर ल्याएको छ।
 
आइतबार प्रेस विज्ञप्ती जारी गर्दै टेलिकमले नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था अनुसार उपलब्ध गराउने सेवामा शुल्क समायोजन गर्ने भए पनि हाललाई केही सेवाहरु पहिलेकै दरमा उपलब्ध गराउने जानकारी गराएको छ। सो अफर आगामी साउन १ गते देखि लागू हुनेछ। 

नेपाल सरकारले आगामी साउन १ गते देखि नै लागू हुने गरी भ्वाइस सेवामा टेलिकम सेवा शुल्क ९त्क्ऋ० ११ प्रतिशतबाट बढाएर १३ प्रतिशत पुर्‍याएको छ। त्यसैगरी डाटा सेवामा १३ प्रतिशत सेवा शुल्क तिर्नु पर्ने भएको छ। पहिले डाटा सेवा प्रयोग गर्दा टेलिकम सेवा शुल्क तिर्नु पर्र्दैनथ्यो। अब भ्वाइस र डाटा दुवैमा १३ प्रतिशत टेलिकम सेवा शुल्क तिर्नु पर्ने भएको छ।

एडीएसएललगायत निम्न लिखित प्याकहरु विशेष लोकप्रिय भएकाले ग्राहकहरुलाई थप आर्थिक भार नपर्ने गरी पहिलेकै दरमा उपलब्ध गराउने भएको हो।

कम्पनीले पहिलेदेखि नै उपलब्ध गराएका विकेन्ड प्याक, नाइट टाइम अनलिमिटेड डाटा प्याक, जीएसएम थ्रीजी-फोरजी १ जीबी पर डे प्याक, सीयूजी प्याकेज, भिडियो एन्ड टीभी स्ट्रिमिङ आवरली प्याक, एडीएसएलका विभिन्न प्याकेज र इन्डिया अफर अन्तर्गत डेली प्याक र विक्ली प्याक पहिलेकै दरमा उपलब्ध गराउने भएको छ। 

अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, एसएमएस प्याकेज, मिस्ड कल एलर्ट र एफटीटीएच लगायतका विभिन्न प्याकेजहरुको मूल्य समायोजन गरिएको छ। कम्पनीले उपलब्ध गराएका विभिन्न प्याकेजहरुमा २५ देखि ५० प्रतिशत सम्म बोनस उपलब्ध गराउने भएको छ। 

मनसुन अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले ८ज्ञद्धज्ञछ३ डायल गर्नु पर्नेछ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्