शनिबार, वैशाख ८, २०८१

विशिष्ट अतिथि हुन नपाएपछि सांसद राना यसरी कड्किए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- कैलाली क्षेत्र नम्वर ५ का प्रतिनिधि सभा सदस्य नारदमुनि राना आफ्नै निर्वाचन क्षेत्रमा अपमानित भएको भन्दै आक्रोशित बनेका छन् ।
 
धनगढी विमानस्थलको स्तरोन्नतिका लागि शनिबार रानाकै पार्टीका नेता मन्त्री रहेको पर्यटन वन वातावरण मन्त्रालयले आयोजना गरेको कार्यक्रममा अपमानित गरिएको भन्दै आक्रोशित बनेका हुन् ।

आफ्नै पार्टीको नेतृत्वमा रहेको मन्त्रालयले आयोजना गरेको कार्यक्रममा आसनग्रहणमा पछाडी पारेको भन्दै रानाले आफ्नो अपमान गरेको बताए । उनले आफुलाई बोलाएर आफ्नै निर्वाचन क्षेत्रमा बदनाम गरेको भन्दै दुखेसो व्यक्त गरे ।
  
वन वातावरण तथा पर्यटन मन्त्रालयको व्यानरमा कार्यक्रम आयोजना गरिएको भएपनि विदेशीको डलरमा गैससले कार्यक्रम गरेर आफुमाथि अपमान गरिएको उनको आरोप छ । ‘मैले पनि पटक–पटक भनेको छु मन्त्रीका क्वाटर धाएको छु, क्षेत्रीय होईन अन्तराष्ट्रिय विमानस्थल वनाउनुपर्छ भनेको छु रानाले भने–‘यहाँ अपनाम गर्ने अधिकार कसैलाई छैन ।’

सरकारले अदालतले विदेशी संस्थाको सहयोगमा कार्यक्रम नगर्ने भनेको छ, यो व्यानरकोे पछाडी कस्तो सहयोग छ ? उनले प्रतिप्रश्न गरे । विमानस्थलको स्तरोन्नतिका चुनावी नारा पुरा गर्न लागेको भन्दै उनले सोधे– विमानस्थलका लागि दवाव दिने मान्छेलाई छाँयामा राख्न व्यानरको पछाडी कुन संस्थाको पैसा छ ?

कार्यक्रममा कड्किदै उनले भने– ‘मलाई मेरो क्षेत्रमा बोलाएर अपमान गर्ने ? मलाई छायामा पार्ने काम भएको छ, यो कदापि ठीक होईन ।’ आयोजकले मर्यादाक्रममा अगाडी रहेका संघिय संसद रानालाई छोडेर मर्यादा क्रममा पछाडी रहेका सामाजिक बिकास मन्त्री दीर्घ सोडारीलाई विशिष्ट अतिथी बनाएका थिए ।

रानाले सोहि बिषयलाई लिएर कार्यक्रममा निकै आक्रोश व्यक्त गर्दै आफ्नो योगदानको समेत अवमुल्यन गर्न खोजेको बताए । राजपत्रमा प्रकाशित सुचना अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदको मर्यादाक्रम आठौँ स्थानमा छ भने प्रदेश सरकारका मन्त्रीको मर्यादाक्रम १० औँ स्थानमा छ । 

राना काँग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री आरजु राणालाई पराजित गर्दै तत्कालिन एमालेबाट सांसद बनेका थिए । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रबिन्द्र अधिकारी प्रमुख अतिथी थिए । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।