बुधबार, वैशाख १२, २०८१

के छापे आजका दैनिक अखबारहरुले ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले डा गोविन्द केसीको अनसन र त्यसले उत्पन्न गरेको तरङ्गलाई मुख्य प्राथमिकतामा पारेका छन् । 

१६ दिनदेखि जुम्लामा अनसन बस्दै आएका डा केसीको समर्थनमा शनिबार काठमाडौंमा प्रदर्शन भयो । उक्त प्रर्दशनमा सहभागिहरुलाई डा केसीले जुम्लाबाटै अडियो मार्फत सम्बोधन गरेका थिए । यसै विषलाई मुख्य समाचार बनाउँदै कान्तिपुर दैनिकले माफिया पोस्ने ऐन किन ? शीर्षकमा डा केसीको अडियो सन्देश जस्ताको जस्तै छापेको छ । 

उसले संद्मा दुई तिहाइको विश्वास पाएको सरकारले ०.००१ प्रतिशत भन्दा कम व्यक्तिको हितमा चिकित्सा शिक्षा विद्येयक ल्याउन लागेको भनि शिक्षाविद् केदारभक्त माथेमाले गरेको टिप्पणी पनि प्रकाशित गरेको छ । डा केसीको जीवन रक्षा गर्न सरकार संवेदनशील नदेखिए देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने भनि चिकित्सकहरुले दिएको चेतावनीलाई पनि कान्तिपुरले महत्वका साथ छापेको छ । 

नागरिक दैनिकले पनि डा केसीले गरेको अडियो सम्बोधन नै मुख्य प्राथमिकताका साथ जस्ताको जस्तै छापेको छ । गुणस्तरिय स्वास्थ्य सेवामा सम्झौता हुँदैन शीर्षकमा मुख्य समाचार छापेको आजको अन्नपूर्ण पोस्टले अनसनरत डा केसीको घाटी र नसामा संक्रमण देखिएको समाचार पनि प्रकाशित गरेको छ । 

आजको नयाँ पत्रिकाले भने जाँचबुझ आयोगले नै एउटै मेडिकल कलेजबाट ४५० बेड गायव भएको खुलासा गरेको विषयलाई मुख्य समाचार बनाएको छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वमा बनेको जाँचबुझ समितिले प्रतिवेदन दिएको ६ महिनासम्म सरकार मौन रहेको समाचारमा उल्लेख छ । विश्वविद्यालय प्राज्ञिक थलो नभई आर्थीक चलखेल गर्ने अखडा बनेको पनि नयाँ पत्रिकाले लेखेको छ । 

यसैगरि नयाँ पत्रिकाले स्मार्ट लाइसेन्स नै नक्कली फेला परेको, नागरिक दैनिकले रसुवामा पहिरोको जोखिमले हजार घर असुरक्षित भएको, कान्तिपुरले सभामुख उपसभामुख अझै एकै दलको रहेको विषयलाई पनि महत्वका साथ छापेका छन् । विश्वकप फुटबलको उपाधिका लागि आज क्रोयशिया र फ्रान्सबीच हुने खेलको विषयलाई पत्रपत्रिकाले प्राथमिकतामा पारेका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।