शनिबार, वैशाख ८, २०८१

८ बर्षीया बालिका बलात्कृत  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी-अछामको साँफेबगर नगरपालिकामा एक आठ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकाकी आमा रोपाइँ गएको बेला दुर्इ बर्षकी बहिनी हेर्न बसेकी बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । 

पानी माग्ने निहुँमा गएका देवीस्थानका २१ वर्षीय रेवन्त दासले बलात्कार गरेको आरोप छ । घटना २० असारको भएपनि घरमा आफू एक्लो रहेको र पति भारतमा भएकोले डरले उजुरी नदिएको पीडितकी आमाले बताएकी छन् । 

भारतमा रहेका बालिकाका बुवा र बाजुरामा रहेका ठुलो बुवाको सल्लाहमा २८ गते प्रहरीमा जाहेरी गरेको उनले बताइन् । पीडित बालिकाको जिल्लामा उपचार भइरहेको छ । तर, बलात्कारका कारण यौनाङ्गमा भएको घाउमा संक्रमण भएकाले उपचार कठिनाइ रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

बालिकालाई एक पोइन्ट रगत दिइएको छ । बलात्कारको आरोप लागेका रेवन्त भने परिवारसहित भारत पसेका छन् । 'हामीले आरोपीको हुलियासहित परिपत्र गरेका छौं । भारतमा भए समन्वय गरेर थप प्रक्रियामा जान्छौं' डीएसपी रुकेश तण्डुकारले भने ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।