काठमाडौं–रुसमा जारी विश्वकप अन्तर्गत तेस्रो स्थानको लागि युरोपका दुई बलिया राष्ट्र बेल्जियम र इंग्ल्यान्डबीचको खेल शुरु भएको छ । भिड्दै छन् । सेन्ट पिटर्सबर्ग स्टेडियममा शुरु खेलमा दुवै टोली जीत दर्ताका लागि अग्रसर छन् ।
जारी विश्वकपको समूह चरणको अन्तिम खेलमा आमने सामने भएका यी दुई दोस्रोपटक आमने सामने हुन लागेका हुन् । गोल्डेन जेनेरेसन मानिएको बेल्जियम टोलीले इंग्ल्यान्डलाई १–० ले हराउँदै समूह ‘जी’ को विजेता बनेको थियो । इंग्ल्यान्ड समूह उपविजेताका रुपमा नकआउट चरणमा पुगेको थियो ।
समूह चरणको अन्तिम खेलमा दुवै टोलीले दोस्रो रोजाईका खेलाडीलाई मैदानमा उत्रारेको थियो । फाइनल पुग्न असफल भएपछि दुवै टोली विश्व कपबाट कम्तीमा तेस्रो भएर फर्कने लक्ष्यमा हुनेछन् । समूह चरणमा इंग्ल्यान्डलाई पराजित गरिसकेका कारण बेल्जियम यसपटक पनि सफल नतिजा निस्कानेमा आशावादी छ ।
इंग्ल्यान्डले समूह चरणमा बेहोरेको हारको बदला लिने योजनामा हुनेछ । गोल्डेनबुटका दाबेदार कप्तान ह्यारी केन इंग्ल्यान्डले समूह चरणमा बेहोरेको हारको बदला लिने दाउमा छन् । केन ६ गोलसहित गोल्डेनबुटको दाबीमा अग्रस्थानमा छन् ।
बेल्जियम सेमिफाइनलमा फ्रान्ससँग १–० ले तथा इंग्ल्यान्ड क्रोएसियासँग थप समयमा २–१ ले पराजित हुँदै विश्वकपबाट बाहिरिएका थिए । फ्रान्स र क्रोएसियाबीच फाइनल आइतबार हुनेछ । फ्रान्स दोस्रो पटक विश्वकप जित्ने योजनामा रहँदा क्रोएसिया पहिलोपटक विश्वकप जित्दै इतिहास रच्ने योजनामा हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४