बिहीबार, वैशाख १३, २०८१

ओली र केसीबीच नकआउट चरणको भिडन्त, कसले गर्ला गोल?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- जारी विश्वकपमा ३२ राष्ट्रको सहभागीताका लागि विभिन्न महादेशबाट विभिन्न राष्ट्रले विश्वकप क्वालिफाइ खेल खेलीरहेका छन्। जसमा नेपाल पनि एक हो। नेपाल क्वालिफाइ खेल्ने पक्का थियो। तर, कहिले खेल्ने भन्ने कुराको टुङगो भएन।
 
विश्वकपले संसार तताइरहेका बेला नेपालमा पनि विश्वकपभन्दा रोमाञ्चक राजनीतिक खेल लामो जारी छ। यो खेलको शुरुवात तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले क्वालिफाइ खेलेरै छोड्ने ढिपी गरेबाट शुरु भयो। प्रदेश स्तरबाटै खेलाडी छनोट गर्ने निर्णय भयो। त्यसका लागी दुई पटक खेलाडी छनोट गरियो। प्रदेश स्तरबाटै राष्ट्रिय टोलीका लागि गरेको खेलाडी छनोटमा १ सय ६५ खेलाडी छनोट भए। 

खेलाडी छनोटमा फिक्सिङ हुन थाल्यो। एक अर्कासँग मिलेमतो गर्दै खेल बराबरीमा ल्याउने र राष्ट्रिय टोलीमा पर्ने योजना बनाए। ती योजनहरु केही हदसम्म सफल पनि भए र देश भित्रको छनोट कार्य सम्पन्न भया।

देश भित्रबाट छनोट भएका १ सय ६५ खेलाडी बन्द प्रशिक्षणमा रहे। अब पालो थियो बन्द प्रशिक्षण बाट राष्ट्रिय टोलीको घोषणा गर्नु। बन्द प्रशिक्षणमा रहेका १ सय ६५ खेलाडीहरु मध्येबाट राष्ट्रिय टोलीको घोषणा गर्न कप्तानलाई निकै नै सकस भयो । किनकी, १ सय ६५ खेलाडी बाट २४ जना खेलाडी छनोट गर्नु पर्ने थियो । यसको कप्तान बने प्रधानमन्त्री केपि शर्मा ओली।

विश्वकप २०१८ का लागि २३ खेलाडी छनोट गर्नु पर्ने भएपनि नेपालको संविधान २०७२ मा २५ सदस्यभन्दा नबाढाइकन छनोट गर्नुपर्ने प्रावधान छ। त्यसका लागि ओलीको कप्तानीमा २१ मुख्य खेलाडी र ३ एकस्ट्रा खेलाडीको छनोट भए।

नेपाली राष्ट्रिय टोलीका कप्तान केपी शर्मा ओलीसँगै फरवार्ड ईश्वर पोखरेल, गोकुलप्रशाद बाँस्कोटा र रविन्द्र प्रसाद अधिकारी, मिडफिल्डर उपेन्द्र यादव रामबहादुर थापा, प्रदिपकुमार ज्ञवाली, वर्षमान पुन, गिरीराजमणि पोखरेल, मात्रिका प्रसाद यादव, रघुवीर महासेठ, गोकर्ण विष्ट टोलीमा परे। त्यस्तै डिफेन्डरमा शक्तिबहादुर बस्नेत, मोहम्मद इश्तियाक राई, लालबाबु पण्डित, थममाया थापा, युवराज खतिवडा, जगतबहादुर सुनार विश्वकर्मा, शेरबहादुर तामाङ, चक्रपाणी खनाल, बीना मगर मुख्य २१ भित्र छनोट हुदा पद्माकुमारी अर्याल, धनबहादुर बुढा र रामकुमारी चौधरी एकस्ट्रा खेलाडीमा छनोट भए ।

यातायात व्यवसायीविरुद्ध राष्ट्रिय टोली

प्रधानमन्त्री केपी शर्मा ओलीको कप्तानीमा मैदान उत्रेको नेपाली राष्ट्रिय टोलीले पहिलो खेल यातायात व्यवसायीविरुद्ध खेले। यातायात व्यवसायी र नेपाली राष्ट्रिय टोलीबीच ‘सिन्डेकेट’ ब्राण्डको बललाई दुवै टोलीले विपरीत पोष्टमा छिराउने ठुलो कोशीस गरे । अन्ततः बलियो मानिएको ओली नेतृत्वको टोली नै विजयी भयो। 

राष्ट्रिय टोलीविरुद्ध रवि लामिछाने

राष्ट्रिय टोलीको घोषणा भएसँगै राजनीतिक विश्वकप शुरु भयो। विश्वकपमा पहिलो खेल नेपालले रवि लामिछानेको सामना गरे। गोलकिपर रविले उत्कृष्ट प्रदर्शन गरेपछि विपक्षी टोली नेपालले गोलकिपर नै हटाउनु पर्ने माग गरे। जसको चर्चा नेपालि मिडियामा निकैनै छायो । पहिले गरेका सबै गोल नियम विपरित भएको भन्दै रविले सार्वजनिक गरेका थिए। जुन कुरा नेपाली टिमलाई अपाच्य भयो। त्यती मात्र हैन उनले अब नेपाली टोलीलाई कुनैपनि हालतमा गोलै गर्न नदिने प्रतिबद्धता गरेका थिए। रविको सोही प्रतिबद्धताले गर्दा नेपाली राष्ट्रिय टिमले उनलाई गोलकिपरबाट हटाउन माग गरे। तर, रेप्रीmले नमानेपछि अन्तमा नेपाल रवि लामिछानेसँग पराजित भयो।

पत्रकारविरुद्ध नेपाली टोली

राष्ट्रिय टिमका फरवाडए रविन्द्र पसाद अधिकारीपनि पछिल्लो समय मिडियामा निकैनै छाए । कहिले गोल धेरै गरेको आरोपमा छाए त कहिले गोल गर्न नपाएर। तर पछिल्लो समय पत्रकारको प्रश्नले उनी मिडियामा छाए। पत्रकारले सोधेका थिए ‘तपाइले सबै गोल नियम विपरित गर्नु भएको हैन?’ यो प्रश्न उनलाई अपाच्य भयो र उनी जवाफ नदिने भन्दै पत्रकारको बुमनै हटाउन थाले। यस अघिपनि उनको गोलको चर्चा कान्तिपुरमा भएको थियो। यतिबेला नेपालले बराबरी खेल्यो ।

त्यस्तै अर्का फरवाडर हुन गोकुलप्रशाद बाँस्कोटा। वर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले नेपाल टेलिभिजनको कार्यक्रम सिधा प्रश्नलाई बन्द गरे। कार्यक्रम प्रस्तोता राजु थापाले आफुलाई प्रश्न गरेको भन्दै मन्त्री बाँस्कोटाले कार्यक्रमनै बन्द गरे। त्यति मात्र हैन उनले थापालाई जागीरबाटै बर्खास्त गरे। यती खेलमा भने नेपाली टोलीको जित भयो।

ओलीविरुद्ध गोविन्द केसी

समूह चरणका एक खेलमा जित, एक खलमा बराबरी र एक खेलमा हार वेहोर्दै नेपाल नकआउट चरणमा प्रवेश गर्यो । नकाउट चरणमा नेपालले डा गोविन्द केसीको नकआउट चरणको खेल शुरु भयो। खेल ९० मिनेट भन्दा बढि भयो। रेफ्रिले समय थप्दै गर्दा समेत खेल सकिएको छैन्। खेल ९० मिनेट भन्दा लामो भएकाले यसै खेललाई फाइनल खेल मानिने छ। यता गोविन्द केसी वाक ओभर दिने दाउमा छैनन् भने अर्को तिर कप्तान ओली सम्मिलित नेपाली राष्ट्रिय टोली पनि पछि हट्ने कुनै संकेत छैन। ओली विश्वकपको ट्रफी नेपाललाई दिलाएरै छोड्ने ढिपिमा छन्। हेरौं जारी राजनीतिक विश्वकपको उपाधि कस्ले जित्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।