बिहीबार, वैशाख १३, २०८१

अतिक्रमणले भक्तपुर डुब्यो, चिकित्सक हड्तालमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित शुक्रबारका अधिकांश राष्ट्रिय दैनिक पत्रिकाहरुले भक्तपुरमा बाढीले मच्चाएको वितण्डालाई मुख्य प्राथमिकतामा पारेका छन् । 

अविरल वर्षासंगै आएको बाढीले भक्तपुरका अधिकांश भुभाग डुबानमा परेको छ । सयौँ घर, अस्पताल र विद्यालयको तल्लो तला जलमग्न भएको थियो भने पहिरोले पुरिएर भक्तपुरमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ  । 

यसै विषयलाई मुख्य समाचार बनाउँदै आजको कान्तिपुर दैनिकले 'नदी अतिक्रमणले डुब्यो भक्तपुर' शीर्षकमा मुख्य समाचार छापेको छ । अतिक्रमणका कारण नदि साघुरिएकाले अविरल वर्षापछि आएको बाढीले निकास पाउन नसक्दा भक्तपुर जलमग्न भएको छ । बुधबार रातीदेखिको वर्षाले हनुमन्ते नदीमा बाढी आएपछि सूर्यविनायक, मध्यपुर थिमि र भक्तपुर नगरपालिकाका अधिकांश स्थान डुवानमा परेको समाचारमा उल्लेख छ ।

आजको नयाँ पत्रिकाले 'बस्ती खोलामा बस्यो, खोला सहर पस्यो' शीर्षकमा मुख्य समाचर छापेको छ । राज्यको नीति अभावले खोलामा समेत बस्ती विकास हुँदा बस्ती नै डुवानमा परेको नयाँ पत्रिकाले लेखेको छ । नदीमाथिको अपराधका कारण नै बाढी बस्तीमा पसेको पनि उसले उल्लेख गरेको छ  यस्तै आजको नागरिक दैनिक र अन्नपूर्ण पोस्टले पनि बाढीको वितण्डालाई मुख्य समाचार बनाएका छन् । 

यसैगरि आजका अखबारहरुले अनशनरत डा गोविन्द केसीको मागप्रति सरकार संवेदनशील नभएको भन्दै चिकित्सकहरुले आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प पार्ने घोषणा गरेको विषयलाई पनि विशेष प्राथमिकताका साथ छापेका छन् । त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनले शुक्रबारदेखि आकस्मिक बाहेकको सेवा ठप्प पार्ने घोषणा गरेको हो ।

यसैविषयलाई मुख्य समाचार बनाउँदै आजको नागरिक दैनिकले 'चिकित्सक हडतालमा : शुक्रबारदेखि आकस्मिकबाहेकका सेवा बन्द' शीर्षकमा खबर लेखेको छ भने डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको पनि उल्लेख गरेको छ । 

यस्तै गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदीले मन्त्रालयमै डाकेर चिकित्सकलाई केरकार गरेको विषयलाई कान्तिपुरले महत्वका साथ छापेको छ । उसका अनुसार ट्रमा सेन्टरमा कार्यरत डा. भोजराज अधिकारीलाई अपहरणको शैलीमा लगेर दुव्र्यवहार गरेको समाचारमा उल्लेख छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।