काठमाडौं- नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक १३.६६ अंक घटेको छ। नेप्से बजार १.१३ प्रतिशत घट्दा परिसूचक १ हजार १९१.९८ अंकमा अडिएको छ। हिजो (बुधबार) मात्रै आगामी आर्थिक वर्षको म्रौद्रिक नीति सार्वजनिक भएपछि खुलेको शेयर बजार घट्न गएको हो।
बिहीबार नेप्से बजारमा आएका १६३ कम्पनीको १६ लाख २० हजार ८८० पटक शेयरको खरिद बिक्रीबाट ४५ करोड ४४ लाख ६ हजार २५६ रुपैयाँको कारोबार भएको छ।
शेयर बजारमा आएको १० समूहमध्ये अधिकांश समूहको परिसूचक राताम्य भएको छ। उत्पादनमुलक समूहबाहेक नौ वटा समूहको परिसूचक घटेको छ।
सबैभन्दा बढी बीमा समूहको परिसूचक १०७.५८ अंकले घटेको छ। त्यसपछि होटल समूहको ३७.६५, माइक्रोफाइनान्सको ३६.०६, हाइड्रो पावरको २१.७ अंकले परिसूचक घटेको छ । सबैभन्दा थोरै अन्य समूहको परिसूचक ०.५१ अंकले घटेको छ।
उत्पादनमुलक समूहको परिसूचक भने २.८ प्रतिशत बढेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४