शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भक्तपुर डुबानमा : पहिराेमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु 

भक्तपुर डुबानमा : पहिराेमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भक्तपुर- भक्तपुरमा अविरल वर्षासंगै खसेको माटोको ढिस्कोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको  छ । चाँगुनारायण–७ मझुवामा बिहीबार बिहान घरमाथिकाे डाँडाबाट माटाेकाे ढिस्को खस्दा बाजे-बजै र नातिनीको मृत्यु भएको हो । 

मृत्यु हुनेमा  ७० वर्षीय बाजे हिरा लामा, ६५ वर्षीया बजै तानमाया लामा र साढे २ वर्षकी नातिनी सम्पदा लामा रहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।
 
उनका अनुसार वृद्ववृद्वाका छोराबुहारी भने नयाँ घरमा बस्ने गरेकाले सुरक्षित रहेका छन् । माटोको कच्चि घर भएकाले माटोको ढिस्कोले सहजै पुरेको प्रहरीको अनुमान छ । उनीहरुलाई प्रहरी बिहान ७ बजे घरबाट बाहिर निकालेको थियो । 

यस्तै अविरल वर्षासंगै भक्तपुरका विभिन्न ठाउँ डुवानमा परेका छन् । मनोहरा खोलालगायत अन्य स्थानीय खोलामा समेत बाढी आएपछि स्कुल तथा बस्ती डुबानमा परेका हुन् । डुबानमा परेका करिब चार सय जनालाई प्रहरीले उद्वार गरेको छ ।  

हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ । यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।