शुक्रबार, वैशाख ७, २०८१

के छापे आजका दैनिक अखबारहरुले ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले डा. गोविन्द केसीको अनसन, प्रधानमन्त्रीको निर्देशन र मौद्रिक नीति सार्वजनिक भएको विषयलाई मुख्य समाचार बनाएका छन् । 

डा गोविन्द केसीको जारी अनशनका विषयमा 'हठ त्यागौं, वार्तामा बसौं' शीर्षकको विचारलाई मुख्य प्राथमिकताका साथ छापेको आजको अन्नपूर्ण पोस्टले उपत्यकामा दिउँसो टिपर चलाउन निषेध गरिएको र मन्त्रीलाई बोलाएर प्रधानमन्त्रीले सिन्डिकेट अन्त्य गर्न निर्देशन दिएको विषयलाई एङ्कर न्युज बनाएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र मन्त्रालयका सचिव मधुसूदन अधिकारीलाई सार्वजनिक यातायातमा सिन्डिकेट पूर्णरुपमा अन्त्य गर्न निर्देशन दिएको समाचारमा जनाइएको छ । प्रधानमन्त्री ओलीले सिन्डिकेट अन्त्य गर्न चालिएका कदम प्रभावकारी हुन नसकेकोमा असन्तुष्टि जनाउँदै त्यस्ता कदम फितलो नबनाउनसमेत मन्त्री महासेठ र सचिव अधिकारीलाई सचेत गराएको अन्नपूर्णले लेखेको छ ।

डा केसीको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको विषयलाई मुख्य समचार बनाएको नागरिक दैनिकले भने उनी बोल्न नसक्ने अवस्थामा पुगेको जनाएको  छ । यस्तै उसले कलंकी-नागढुंगा/चाबहिल-जोरपाटी सडक तत्काल बनाउन प्रधानमन्त्रीले निर्देशन दिएको विषयलाई पनि विशेष प्राथमिकताका साथ छापेको छ । 

सरकारले बिहीबार फेरि संसद्मा चिकित्सा शिक्षा विधेयक पेस गर्न लागेको विषयलाई मुख्य समाचार बनाएको आजको कान्तिपुर दैनिकले बुधबार सार्जजनिक भएको मौद्रिक नितीले ब्याजदर घटाउने संकेत गरेको विषयलाई पनि प्राथमिकतामा पारेको छ । 

समाचारमा जनाइएअनुसार डेढ वर्षयता लगातार रुपमा बढिरहेको व्याजदर केहि घट्ने संकेत देखिएको छ । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बजारमा तरलता बढाउन विभिन्न कार्यनीति सार्वजनिक गरेपछि ब्याजदर घट्ने अपेक्षा गरिएको कान्तिपुरले लेखेको छ ।  

डा केसी आउन नमानेपछि जुम्ला जान लागेको हेलिकोप्टर रोकिएको विषयलाई एङ्कर न्युज बनाएको नयाँ पत्रिकाले मौद्रिक नीति सार्वजनिक भएको विषयलाई मुख्य समाचार बनाएको छ । उसले 'नगद प्रवाह बढ्दै, ब्याजदर घट्दै' शीर्षकमा खबर लेखेको छ । 

यस्तै ५० करोडको खानेपानी आयोजनामा २५ करोड अनियमितता भएको समेत आजको नयाँ पत्रिकाले खुलासा गरेको छ । बुटबल र राप्ती खानेपानी आयोजनाका लागि पाइप खरिद गर्दा नेपाल खानेपानी संस्थानबाटै यति ठूलो रकम अनियमितता भएको समाचारमा उल्लेख छ । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।