काठमाडौं- क्रोएशिया र इङ्ल्याण्डबीचको सेमिफाइनल खेल अतिरिक्त समयमा धकेलिएको छ । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल थप ३० मिनेटको अतिरिक्त समयतर्फ पुगेको हो ।
खेल शुरू भएको पाँच मिनेटमै अग्रता लिएको इङ्ल्याण्डले ६८ औ मिनेटमा एक गोल खाएपछि खेल बराबरीमा पुग्यो । आइभन भेरिसिकले गरेको गोलले दुवै टोलीलार्इ बराबरीमा पुर्यायो । यसअघि खेलको पाँचौ मिनेटमा गरेको गोलको अग्रताले पहिलो हाफ सकिँदासम्म इङ्ल्याण्डले क्रोएशिया विरूद्ध १-० को अग्रता लिएको थियो।
डिबक्सबाहिर फल भएपछि क्रोएशियाविरूद्ध इङ्ग्ल्याण्डले फ्री-कीक पाएको थियो। त्यही मौकाको ट्रिपियरले सही सदुपयोग गर्दै खेललार्इ १-० को अन्तरमा पुर्याएका थिए ।
खेल रुसको राजधानी मस्कोस्थित लुझनिकी रंगशालामा जारी छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४