बिहीबार, वैशाख १३, २०८१

नेविसंघमा किन आयो विभाजन?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ विभाजनको संघारमा पुगेको छ।

नेविसंघ अध्यक्ष नैनसिंह महरको अनुपस्थितमा उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा सोमबार भएको संघको केन्द्रीय समिति बैठकले साउन २३ देखि २५ सम्म महाधिवेशनको मिति तोक्ने निर्णय गरेसँगै संघ विभाजनको संघारमा पुगेको हो।

अध्यक्ष महरले पार्टीका केही नेताको उक्साहटमा संगठनभित्र अराजकता ल्याउन खोज्नेहरुले गरेको भेलालाई अध्यक्ष भन्न नमिल्ने भन्दै २३-२७ साउनमा महाधिवेशन हुने बताए।
 
उपाध्यक्ष रानाले भने विधान बमोजिम निर्वाचित दुई तिहाई बढी पदाधिकारी र केन्द्रीय सदस्यको निर्णयलाई अध्यक्षले काट्न नसक्ने दाबी गर्छन्। उनले महरको अध्यक्षतामा एक बर्षदेखि बैठक नबसेकोले आधिकारिक बैठकको माइन्युट नै आफूहरुसँग रहेको दाबी गरे।

अध्यक्ष महरले ३२ बर्षे उमेर हदबन्दी लगाउने बैधानिक प्रावधानलाई कुल्चनको लागि केन्द्रीय समिति बैठक बसेको हल्ला फिजाईएको बताए। उनले पनि आफूसँग १९ जना पदाधिकारी रहेको दाबी गरे। असन्तुष्ट पक्षका केन्द्रीय सदस्यहरु जेठ २८ गतेको केन्द्रीय समिति बैठकमा अनुपस्थित भएको दाबी गरे।

नेविसंघमा बिभाजन ल्याउन पार्टीका बरिष्ठ नेतादेखि अन्य केन्द्रीय सदस्यहरुको भूमिका रहेको आरोप लगाउँदै महरले भने ‘अध्यक्ष म हो। केन्द्रीय समिति बैठक बसेको मलाई थाहा छैन। भिडबाट को-को के भन्छन्, मलाई थाहा छैन्।’

अध्यक्ष महरले महाधिवेशनको घोषणा गरिसकेपछि मात्र पनि दुई उपाध्यक्ष र दर्जनौं केन्द्रीय सदस्य मनोनित गरेका छन्। निलकण्ठ रिजाल र कृष्णकुमारी बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरेका छन्। 

महर नेतृत्वको नेविसंघको बैठक नबसेको महामन्त्री कुन्दनराज काफ्ले बताउँछन। ‘केन्द्रीय कार्यलयमा बैठक भएको हामीलाई थाहा छैन’ काफ्ले भन्छन्,‘माइन्युट हामीसँग छ। ८७ जना निर्वाचित केन्द्रीय सदस्यलाई छोडेर अल्पमतले कहाँ भेला गरे नेविसंघलाई थाहा छैन।’

दुवै पक्षको एकै दिन केन्द्रीय समिति बैठक

अध्यक्ष महर र उपाध्यक्ष राना नेतृत्वको फरक फरक समूहको केन्द्रीय कार्य समिति बैठक एकै दिन राखिएको छ। आगामी साउन ४-५ गते केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बस्ने महामन्त्री काफ्लेले जनाए। तर अध्यक्ष महर पनि सोही दिन केन्द्रीय समिति बैठक बोलाएको बताए।

महर नेतृत्वको केन्द्रीय समिति बैठकले सो मितिमा पहिलो कलेजको अधिवेशन गर्ने कार्यसूचि रहेको जनाए पनि राना नेतृत्वको नेविसंघले ४ र ५ गते साउनमा केन्द्रीय समिति बैठक बोलाएपछि उनले पनि सोही मितिमा बैठक बोलाएका छन्।

महरले सो मितिको बैठकमा अनुपस्थित भए उनीहरु छुट्ने चेतावनी दिए। उनले भागबण्डा खोजेर नेविसंघलाई बिबादमा ल्याउन खोजिएको आरोप लगाए। राना नेतृत्वको नेविसंघले निर्वाचन कार्यतालिका प्रकाशित गरे पनि महर नेतृत्वको समूहले अझै कार्यतालिका सार्वजनिक गरेको छैन्। नेविसंघ विवाद मिलाउन भनेर पार्टी केन्द्रीय कार्यालयले दुवै समूहलाई पत्राचार गरे पनि दुवै समूहले पार्टीको निर्देशनलाई अवज्ञा गर्दै केन्द्रीय कार्यालयबाहिर बैठक गर्दै आइरहेका छन्।

दुई बर्षअघि भएको महाधिवेशनमा सभापति देउवा र असन्तुष्ट नेता कृष्णप्रसाद सिटौला समुह निकटको प्यानलले बहुमत सिटमा विजय हासिल गरेको थियो। पार्टीमा देखिएको गुटगत फ्युजन र फेरबदलसँगै त्यसको असर पनि नेविसंघका देखिएको छ।
 
अहिले देउवा पक्ष निकटका अध्यक्ष महरसहितका केन्द्रीय सदस्यहरु अलमलमा परेका छन्। उपाध्यक्ष राना, नविन राई, डिल्लीराम सुवेदी, रामप्रसाद अधिकारी, महामन्त्री कुन्दनराज काफ्ले, कोषाध्यक्ष शिव पौडेल लगायतका ८७ जना केन्द्रीय सदस्यहरु वरिष्ठ नेता पौडेल र सिटौला पक्षधर हुन्। पहिले पौडेल पक्षधर भनेर चिनिएकी उर्मिला थपलिया भने अध्यक्ष महर समूहमा लागेकी छिन्। उनी महामन्त्री डा. शशांक कोइराला निकटकी हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।